डा. कार्की बने नेपाल चिकित्सक संघकाे लाेकतान्त्रिक तर्फका अध्यक्षका उम्मेद्वार



Download our app to get more features

काठमाडौं, २८ कात्तिक । नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्षका लागि लोकतान्त्रीक तर्फबाट डा. लोचन कार्कीको नाम तय भएको छ ।

नेपाल संघको निर्वाचनमा नेपाली कांग्रेस निकट मानिने (लोकतान्त्रिक समूह) ले डा. कार्कीलाई अध्यक्ष पदमा उठाउने निर्णय गरेको छ । 

आगामी माघमा हुने निर्वाचनबाट संघको २८ औं केन्द्रीय कार्यकारिणी समिति चयन गर्नेछ । 

उम्मेदवार चयनका लागि वर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठको संयोजकत्वमा गठित समितिले हालका महासचिव डा.कार्कीलाई अध्यक्ष र डा. भुपेन्द्र बस्नेतलाई महासचिवमा उठाउने निर्णय गरेको हो ।

समितिमा पूर्व अध्यक्षहरु डा. केदारनरसिंह केसी, डा. अञ्जनीकुमार झा र डा. चोपलाल भुषाल लगायत सदस्य थिए ।

यस्तै नेकपा निकटबाट अध्यक्ष पदमा डा. पुष्पमणी खरालले उम्मेदवारी घोषणा गरिसकेका छन् । 
 

Last modified on 2019-11-15 14:59:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts