के तपाइँको शरीरमा पनि केटाहरुको जस्तै रौं आएको छ ?

हरसुटिज्म, हाइपरट्राइकोसिस —शरीरमा रौँ बढि आउने रोग



Download our app to get more features

मान्छेको शरीरमा कपालको कुनै विशेष अथवा महत्वपूर्ण काम हुँदैन । यद्धपि यसले पार्ने मनोवैज्ञानिक असर निकै नै गहिरो हुन्छ । यसको ज्वलन्त उदाहरण अहिले संसारमा उर्वर व्यापारको रुपमा उदाउदो रौँ हटाउने कसमेटिक्स उधोगहरु हुन् ।
हरसुटिज्म र हाइपरट्राइकोसिस कपाल बढि हुने समस्याको रुपमा छाला रोग विशेषज्ञकहाँ बढिरहेको अवस्था छ । यसले मान्छेको दैनिकिमा अप्रत्यक्ष रुपमा प्रभाव पारेको भेटिएको छ । 

१. हरसुटिज्म भनेको के हो ?


पुरुषको कपाल आउने तरिकाले महिलाहरुमा रौँ बढि आएमा हरसुटिज्म भन्ने गरिन्छ । यो समस्यामा प्र।य जसो महिलामा एन्ड्रोजन नामक हर्माेन (रसायन) बढि हुने गर्दछ । यस्तो भएमा अनुहार , छाति , स्तनको मुन्टो वरिपरि , पेट , ढाडमा , पुठ्ठो , फिलाको भित्रि भाग र जनेन्दि«य वरिपरि वाक्लो कपाल÷ रौँ आउने गर्दछ ।
 

२. हरसुटिज्मका कारणहरु 


धेरै जसो अवस्थामा हरसुटिज्म शरीरमा उत्पन्न हुने हर्मोनको गडवडिले हुने गर्दछ । जसमध्ये डिम्बकोष देखि शरीरको अन्य ग्रन्थीहरुको समस्या पर्ने गर्दछन् ।

३. हाइपरट्राइकोसिस भनेको के हो ?


हाइपरट्राइकोसिस भन्ने समस्या पनि रौँ वढि भएर नै हुने गर्दछ । तर यो समस्यामा हर्मोन सधैँ सामान्य हुने गर्दछ । यसमा मान्छेको वंशानुगत गुणले गर्दा रौँ वढि आउने निर्धारित हुन्छ । यो वाहेक विशेषत  केहि छानिएको औषधिको सेवनले पनि रौँ बढाउन मदत गरेको हुन्छ ।

४. अत्याधिक रुपमा कपाल बढि आएमा के गर्ने त ?


अत्याधिक रुपमा कपाल बढि आएमा कि त हरसुटिज्म अथवा हाइपरट्राइकोसिस भएको हुनुपर्दछ । यी दुई रोग छुट्टिसकेपछि मात्र कपाल÷ रौँ हटाउने उपायतिर लाग्नुपर्छ । अन्यथा सहि उपचार सम्भव हुने गर्दैन । हरसुटिज्म भएको अवश्थामा हर्मोनमो जाँच सँगै हर्मोन रोग विशेषज्ञको ( Endocrinologist ) सल्लाह लिनु राम्रो हुन्छ ।
 

५. रौँ हटाउन के गर्न सकिन्छ ?


रौँ हटाउन अहिले सम्म धेरै उपायहरुको प्रयोग भइसकेका छन् । धेरै पहिले नै सेभिङ्ग , वेक्सिङ्ग , रौँ हटाउने क्रिम , थ्रेडिङ्ग र प्लकिङ जस्ता उपायहरु हाम्रो समाजमा प्रयोग हुने गरेको छ । जुन सुकै उपाय प्रयोग गरिएता पनि स्थायि रुपमा कपाल हटाउने उपायको वैज्ञानिक खोजि आजको मिति सम्म निरन्तर नै चलिरहेको छ । नयाँ उपचार पद्धतिमा लेजर-लाइट प्रविधिले विश्वको बजार छोपेको छ ।

६. लेजर र लाइटले के गर्छ त ?


लेजर र लाइट उपचार ले रौँ पलाउने कोषहरुलाई मार्ने गर्दछ । तत्कालै यसको shaving गरेको जस्तै असर नदेखिएता पनि लामो समयमा रौँ पातलो हुने , र रौँको घनत्व घट्ने हुन्छ । कहिले काहिँ प्राविधिक त्रुटिको कारणले रौँ हट्नुको साटो झन् बढेर आउने गर्दछ । त्यहि भएर लेजर विषयको राम्रो ज्ञान शिप भएको चिकित्सकहरुका मात्र यो सेवा लिनु पर्ने हुन्छ ।

निस्कर्ष


हरसुटिज्म, हाइपरट्राइकोसिस रौँ बढि आउने समस्या हुन् । उपचार गर्नु अघि यो समस्याको निदान हुनु जरुरी हुन्छ । कहिलेकाहिँ यो समस्या आन्तरिक ग्रन्थिहरुको गडवडिले हुने गर्दा विशेषज्ञ चिकित्सकको सल्लाह लिनु उत्तिकै जरुरी हुन्छ । यसपछि मात्रै रौँ हटाउने उपायतिर लाग्नु पर्दछ । स्थायिरुपमा रौँ हट्ने उपाय अझै पनि खोज भैरहेकोले स्थायी रौँ हट्ने कुरामा कुनै एक उपायको भर हुने हुँदैन ।

Last modified on 2016-03-12 16:10:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts