टेकुको जनस्वास्थ्य प्रयोगशाला 'आइएसओ १५१८९' मापदण्डमा जाँदै



Download our app to get more features

काठमाडौं, २ मंसिर । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आफुलाई विश्वस्तरीय प्रयोगशालाका रुपमा विकास गर्न भन्दै अन्तराष्ट्रिय मापदण्ड पुरा गर्ने तयारी गरेको छ ।

जनस्वास्थ्य प्रयोगशालाहरुको विश्वस्तरीय गुणस्तर सूचकका रुपमा रहेको आइएसओ १५१८९ प्राप्त गर्न कागजी प्रकृया पूरा गरेको प्रयोगशालाकी निर्देशक डा. रुणा झाले जानकारी दिइन् । उक्त मापदण्ड पूरा गर्नका लागि प्रयोगशालाका विभिन्न पक्षहरुको कागजी र स्थलगत अध्ययन आवश्यक हुन्छ । प्रयोगशालाले सो मापदण्ड पूरा गरेको प्रमाणपत्र प्राप्त गर्न विभिन्न ७० वटा दस्तावेज आइएसओ कार्यालयलाई पठाइसकेको छ । 'हामीले ७० थरि पेपर पठाइसकेका छौं । त्यो स्वीकृत भएपछिमात्र स्थलगत अवलोकन हुन्छ ।' डा. झाले भनिन् । प्रयोगशालाको गुणस्तर मापन व्यवस्थापनलाई चुस्त बनाउन र विश्वस्तरीय बनाउनका लागि यो कदम चालिएको निर्देशक झाको दावी छ ।

इन्टरनेशनल अर्गनाइजेशन फर स्टान्डार्डडाइजेसनले विकास गरेको मापदण्ड पूरा भएमा आउँदो मार्च महिनासम्ममा जनस्वास्थ्य प्रयोगशालाले सो प्रमाणपत्र पाउनेछ । नेपालमा हालसम्म सरकारी तवरबाट सञ्चालित कुनैपनि ल्यावले आइएसओ गुणस्तरको प्रमाणपत्र पाएका छैनन् । निजी क्षेत्रबाट सञ्चालित दुईवटा ल्यावले सो प्रमाणपत्र पाएपनि त्यो सीमित परीक्षण प्रविधिका आधारमा मात्र दिइएको छ । निर्देशक डा. झाका अनुसार जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुर्याएमा त्यो नै नेपालको पहिलो पूर्णप्रामाणिक आइएसओ ल्याव हुनेछ ।

Last modified on 2019-11-19 06:16:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts