विश्व शौचालय दिवस

शौचालयमा मोबाइलको प्रयोग गर्दै हुनुहुन्छ भने सावधान !



Download our app to get more features

अचेल मानिसहरू ग्याजेटविना एक मिनेट पनि अलग्गै बस्न नसक्ने भएका छन् । जहाँ जाँदा पनि मोबाइल, ट्याब्लेटलगायत सामान बोकेर हिड्ने गर्छन । त्यसमध्ये पनि मोबाइल यति प्रिय बनिसकेको छ की कसैले पनि टाढा राख्नै चाहदँैनन् । चाहे खाना खाने बेला होस् वा शौचालय जाँदा, मोबाइल फोनसँगै बोक्ने गर्छन । कतिको त मोबाइल फोनविना शौचालय गए राम्रोसँग फ्रेस पनि नहुने सम्मको अवस्था हामीले सुन्न थालेका छौं ।

यसरी मोबाइल लिएरै शौचालय जानेहरु आवाज निकाले कुराकानी गर्न अप्ठयारो हुने भए पनि टेक्स्टमार्फत कुराकानी गरिरहेका हुन्छन् । साथै मोबाइलबाट अचेल कुराकानी मात्रै नभई अखबारको काम पनि हुन्छ । तर, शौचालयमा यसरी मोबाइलको प्रयोगले तपाईको स्वास्थ्यमा के असर गर्छ जानकारी छ ? विज्ञहरूले शौचालयमा मोबाइल फोनको प्रयोग मानव स्वास्थ्यको लागि हानिकारक मानेका छन् । 

शौचालयमा मोबाइल फोनसँगै लिएर जाँदा त्यस बेलामा शौचालयमा भएका अनेक किटाणु मोबाइल फोनमा टासिन्छन् । शौचालयबाट बाहिर निस्कदा हात त राम्रोसँग धोइन्छ तर, मोबाइल फोन धुन सक्दिैन । शौचायलबाट आएका किटाणु मोबाइल प्रयोग गर्दा फेरि हातमा आइपुग्छन् । 

सार्वजनिक शौचालयमा व्यक्तिगत शौचालय भन्दा धेरै गुना खतरनाक हुन्छ । अफिस, होटल वा रेष्टुरेन्टको शौचालय प्रयोग गर्दा मोबाइल फोनको प्रयोग नर्गन विज्ञहरूको भनाइ छ । त्यतिबेला मोबाइल प्रयोग गरे सार्वजनिक शौचालयमा भएका खतरनाक ब्याक्टेरिया मोबाइल फोनमा आएर बस्न सक्छन् । 

ब्याक्टेरियाका लागि मोबाइलमा उपयुक्त घर

एक पटक मोबाइल फोनमा ब्याक्टेरिया आइसकेपछि त्यसमा ब्याक्टेरिया बढ्ने खतरा ज्यादैँ हुन्छ । किनकी मोबाइल फोन प्रयोग गरिसकेपछि त्यो तातो हुन्छ । जसले ब्याक्टेरियालाई जीवित राख्न र थप फैलने वातावरण निर्माण गर्छ । साथै त्यही ब्याक्टेरियायुक्त मोबाइल फोनको प्रयोग तपाईँ हामी खाना खाने समयमा पनि गर्छौ । त्यस क्रममा हातमा लागेको तेल पनि मोबाइलमा लाग्छ । जुन तेलले क्याक्टेरियालाई बढाउनमा मद्दत गर्छ ।

शौचालय जाँदा केही नलैजान सुझाब

विज्ञहरूले शौचालय जाँदा खाली हात जानुलाई नै राम्रो मानेका छन् । किनकी केही समय दिमागलाई खाली राख्नु स्वास्थ्यका लागि फाइदा हुन्छ । यदि न्यूज पेपर लिएर जानु हुन्छ भने त्यसलाई बालबालिकाको पहुँचबाट र फेरि प्रयोगमा नआउने गरी सुरक्षित स्थानमा राख्नु पर्छ । 

 

अमेरिकाको टेक्सासस्थित बेलर युनिर्भसिटीले गरेको अध्ययनबाट सार्वजनिक गरेको सूचना हो । 

Last modified on 2019-11-20 08:08:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts