अकाल मृत्युको चौथो कारण सिओपिडी

१२ प्रतिशत नेपालीमा प्रभावित



Download our app to get more features

काठमाडौं, ४ मंसिर । अकालमै मृत्यु हुने मध्येको चौथो कारण सिओपिडी (क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज) बनेको छ । सन् २०३० सम्म यो रोग मृत्युको तेस्रो प्रमुख कारण बन्ने बिशेषज्ञहरूको चेतावनी छ । 

‘सबै मिली दीर्घ श्वासप्रश्वास रोग अन्त्य गरौं’ भन्ने नाराका साथ बुधबार नेपालमा सिओपिडी दिवस मनाइएको छ । रोगबारे जनचेताना फैलाउन ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिवसका आवसरमा अन्तरक्रिया गरेको छ । अन्तरक्रियमा सहभागी विज्ञहरूले विश्वभर सिओपिडीबाट २५ करोड मानिस प्रभावित भएको जनाएका थिए । वीर अस्पतालका डा. अशेष ढुंगानाका अनुसार १० नेपालीमध्ये एक जनामा सिओपिडी दम छ । डब्लुएचओ ग्लोबल बर्डेन अफ डिजिज २०१६ का अनुसार संसारमा २५ करोड मानिस सिओपिडीबाट प्रभावित छन् ।

हरेक वर्ष ३१ लाख मानिसको ज्यान लिदै सिओपिडी
सिओपिडी का कारण हरेक वर्ष विश्वभरबाट ३१ लाख ७ हजार मानिसले ज्यान गुमाइरहेका छ । ९० प्रतिशत सिओपिडीसम्बन्धी मृत्यु कम विकसित र अति कम विकसित देशहरूमा हुने गरेका डा. ढुंगानाले बताए । नसर्ने रोगहरू मध्ये सिओपिडी नेपालमा सबैभन्दा बढी छ । नेपालमा सिओपिडी दमका रोगी ११ दशमलब ७ प्रतिशत, मधुमेह ८ दशमलब ५ प्रतिशत, मिर्गाैलासम्बन्धी ६ प्रतिशत र मुटुको रक्तनलीसम्बन्धी रोग २ दशमलब ९ प्रतिशत भन्दा धेरै छन् ।
 

१२ प्रतिशत नेपालीमा सिओपिडी 
नेपालमा करिब १२ प्रतिशत जनसंख्यामा सिओपिडी रहेको अनुसन्धानले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोगकाको विषयमा गरेको देशव्यापी अध्ययनले ११ दशमलव ७ प्रतिशतमा समस्या रहेको देखाएको छ । परिषद्ले चार वटा नसर्ने रोगमा अनुसन्धान गरेको थियो । सिओपिडी, मधुमेह, मिर्गौला र मुटु रोगका विषयमा अनुसन्धान गरेको हो । 
परिषद्ले सातै प्रदेशका ७२ जिल्लाका १३ हजार दुई सय जनाबाट नमुना संकलन र अध्ययन गरेको हो । अध्ययन रिर्पोट अनुसार सबैभन्दा बढी समस्या सिओपिडीको रहको छ । 

तथ्यांक अनुसार कुन प्रदेशमा कति
प्रदेश १ मा ६.२
प्रदेश २ मा १६.४
प्रदेश ३ मा ११.७
गण्डकीमा ६ 
प्रदेश ५ मा ९.५
कर्णालीमा २५.१
सुदुरपश्चिममा १४.३
यस्तै पुरुषमा यो समस्या बढी रहेको पनि अध्ययनले देखाएको छ । १२ दशमलब ७ प्रतिशत पुरुषमा दम देखिएको छ भने ११ प्रतिशत महिलामा यो समस्या छ । 

डा. ढुंगानाका अनुसार सिओपिडी दम भनेको एउटा श्वासप्रश्वाससँग सम्बन्धित दीर्घ रोग हो । सिओपिडी दम भन्नाले हाम्रो श्वासप्रश्वासको प्रवाह कमजोर हुँदै जानु हो । समयमै उपचार नभए विकराल अवस्था आउन सक्छ । उपयुक्त उपचार गरे पूर्ण निको पनि हुन्छ । 

सिओपिडीबारे भ्रम र यथार्थ
डा. ढुगानाका अनुसार सिओपिडी दमबारे भ्रम धेरै रहेका छन् । के हो त भ्रम र यथार्थ
भ्रम
सिओपिडी दम धेरै मानिसलाई  हुँदैन । 
सिओपिडी दम ध्रुमपान गर्नेलाई मात्र हुन्छ ।     
उमेर बढ्दै गएपछि स्वाँस्वाँ हुनु सामान्य हो ।    
सिओपिडी दमको पूर्ण उपचार सम्भव छैन ।   
सिओपिडी भइसकेपछि ध्रुमपान त्याग्नुको कुनै मतलब छैन ।     
इन्हेलर औषधि नराम्रो हो वा सुरु गरेमा बानी पर्छ ।

यथार्थ
नेपालमा प्रत्येक दश जनामा एक जनालाई सिओपिडी दम छ ।
सिओपिडी दम ध्रुमपा नगर्नेमा धेरै भएता पनि वायु प्रदूषण र पेसागत जोखिमबाट पनि हुन सक्छ ।
स्वाँस्वाँ हुनु सिओपिडी दमको लक्षण हो र उपचार गरेमा  पूर्ण निको हुन्छ ।
सही उपचार पद्धति अपनाए सिओपिडी भएका बिरामीले आममानिस झैँ सामान्य जीवन व्यतित गर्न सक्छन् । 
सिओपिडी भएका वा नभएका जो सुकैले ध्रुमपान त्यागेमा मृत्युबाट बच्न सकिन्छ ।
सिओपिडी उच्च रक्तचाप र मधुमेह जस्तंै दीर्घकालीन रोग भएकाले इन्हेलर सधैं प्रयोग गर्नुपर्ने हुनसक्छ ।
 

Last modified on 2019-11-21 10:27:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts