सन् २०२० लाई ‘नर्स र मिडवाइफ वर्ष’ को रुपमा मनाउन डब्लुएचओको आग्रह
काठमाडौं, ७ मंसिर । विश्व स्वास्थ्य संगठनले सन् २०२० लाई ‘नर्स र मिडवाइफ वर्ष’ को रुपमा मनाउने घोषणा गरेको छ ।
फ्लोरेन्स नाइटेङ्गलको २ सय जन्मजयन्तीको अवसरमा संगठनले सन् २०२० लाई नर्स र मिडवाइफको वर्षको रुपमा मनाउन सबै देशलाई आग्रह गरेको छ ।
संगठनले ७२ औं साधारणसभामा यस सम्बन्धी जानकारी गराउने तयारी समेत गरेको छ ।
डब्लुएचओका अनुसार ५० प्रतिशत भन्दा बढी नर्स र मिडवाइफहरु विभिन्न स्वास्थ्य संस्था र घरहरुमा गएर सेवा प्रदान गरिरहेका छन् ।
Last modified on 2019-11-24 08:28:35