वीपी स्मृति अस्पतालकाे अध्यक्षमा पुन: डा. केसी



Download our app to get more features

काठमाडौं, ७ मंसिर । राजधानीकाे बसुन्धारास्थित वीपी स्मृति सहकारी अस्पतालकाे अध्यक्षमा पुन: डा. केदार नरसिंह केसी चुनिएका छन् ।

राजधानीमा सम्पन्न अस्पतालकाे १२ औं वार्षिक साधारणसभाले डा. केसीलाई नै छनाेट गरेकाे हाे । सहकारी एेन अनुसार डा. केसीकाे कार्यकाल ४ वर्ष हुने भएपनि एकवर्ष अघि नै नेतृत्व परिवर्तन गर्ने कसरत गरिएकाे थियाे । तर, ऐन अनुसार नै जाने भनेर अन्तिममा केसी सहित वर्तमान कार्यसमितिलाई नै लाई नै निरन्तरता दिइएकाे हाे ।

साधारण सभाकाे उद्घाटन सत्रमा अस्पतालकाे प्रगति विवरण अध्यक्ष केसीले प्रस्तुत गरेका थिए । स्थापनाकाे १२ वर्षमा अस्पतालकाे चलअचल पुँजी २५ कराेड नाघेकाे भन्दै उनले व्यवस्थापन र सदस्यहरुलाई बधाई दिए । अस्पताल दुई वर्षयता आफ्नै भवनमा सञ्चालित रहेकाे र सेवाहरु विस्तार हुने क्रममा रहेकाे बताए । अस्पतालले छिटै न्यूराे, कार्डियाे सर्जरी र क्यान्सरकाे उपचार थाल्ने याेजना पनि डा. केसीले सुनाए । उद्घाटन सत्रमा अस्पतालका शेयरधनिका साथै काँग्रेस नेता कुल बहादुर गुरुङ, अर्जुन नरसिंह केसी लगायत उपस्थित थिए । अस्पतालमा करिब ६ सय शेयर धनी रहेका छन् ।

Last modified on 2019-11-25 07:50:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts