नर्सिङ संघले चिकित्सा शिक्षा आयोगमार्फत नर्सिङ क्षेत्रका विषयमा पैरवी गर्ने



Download our app to get more features

काठमाडौं, ८ मंसिर । नेपाल नर्सिङ संघले चिकित्सा शिक्षा आयोगको माध्यमबाट नर्सिङ क्षेत्रको विषय गम्भिरताका साथ उठाउने तयारी गरेको जनाएको छ ।

नर्सिङ क्षेत्र सँधै ओझेलमा पारिएको भन्दै संङ्घले चिकित्सा क्षेत्रका ४२ वटा विधामध्येको एक नर्सिङको विषयलाई प्राथमिकतामा राखेर सम्बोधन हुने गरी विषयहरु उठाउने जनाएको छ । संङ्घका अध्यक्ष तारा पोखरेल चिकित्सा शिक्षा आयोगको सदस्य भएसँगै नर्सिङको विषयलाई बहसमा ल्याउने तयारी गरेकी हुन् । पोखरेलले चिकित्सा भनेको चिकित्सक मात्रै बुझ्ने धारणा अझैपनि सबैमा कायमै भएकाले नेपालको नर्सिङ क्षेत्र पछि परेको बताइन् । उनले डाक्टरको भूमिका जसरी बिरामीको जाँचको लागि महत्वपूर्ण हुन्छ त्यसरी नै नर्सको पनि भूमिका महत्वपूर्ण हुने भएकाले अब आयोगकै माध्यमबाट नर्सको मुद्दा अघि सार्ने बताएकी छन् ।

नेपालमा वर्षेनी ७ हजारभन्दा बढी नर्स उत्पादन भइरहेका छन् । तर, सरकारले नर्सलाई नीतिगत व्यवस्था अनुसार व्यवस्थापन गर्न नसक्दा एक जना नर्सको भागमा ५० देखि ६० जना बिरामी पर्ने गरेका छन् । जसले बिरामीको स्वास्थ्य सेवा राम्रो छ भन्नेमा प्रश्न चिन्ह खडा गर्ने गरेको छ ।

Last modified on 2019-11-25 07:51:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts