कलेज सञ्चालक बसरुद्धिन अन्सारीलाई पक्राउ गर्न माग गर्दै नेशनल मेडिकल कलेज घेराउ 



Download our app to get more features

बिरगन्ज ८ मंसिर ।  नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई पक्राउ गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टीको जनसंगठन अनेरास्ववियूले प्रर्दशन गरेको छ । आन्दोलनरत छात्राहरु माथि अशब्द प्रयोग गर्दै अभद्र व्यवहार समेत गर्ने र धम्काउँदै आएको भन्दै अन्सारीलाई पक्राउ गर्न माग गरेका छन् । रातको समयमा कलेज व्यवस्थापन पक्षले विद्यार्थीमाथि कुटपिट गर्दै ज्यान मार्ने धम्की समेत दिने गरेको आरोप अन्सारीलाई लागेको छ । 

नेशनल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै विद्यार्थि आन्दोलमा उत्रेका हुन् । आन्दोलनरत विद्यार्थीलाई कलेजका सिनियर विद्यार्थी कर्मचारी र बाहिरका मान्छे समेत लगाएर कुटपिट तथा  मार्ने धम्की दिएर विद्यार्थीलाई मानसिक तनाव दिएकोले उनलाई गिरफतार गर्न माग गरेको अनेरास्वयूका नेता मितर देव यादवले बताए  ।

अनेरास्ववियूको केन्द्रीय नेतासमेत सहभागी विरोर्ध यार्ली घण्टाघरबाट सुरु भई बजार परिक्रमा गर्दै भेडियारीस्थित नेशनल मेडिकल कलेज घेराउ गर्न पुगेको थियो । उनीहरुले अन्सारीलाई पक्राउ गर लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

 प्रधानमन्त्री के.पी.ओलीसंग राम्रो सम्बन्ध भएका कारण पनि अन्सारी बिवादमा तानिएका छन । सरकारले विद्यार्थीहरुसंग लिएको अतिरिक्त शुल्क फिर्ता दिन निर्देशन दिएपनि कलेजहरुले पैसा फिर्ता नगरेपछि विद्यार्थीहरुले आन्दोलन चर्काएका छन । अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि अन्सारीकै संलग्नतामा कुटपिट भएको भन्दै अनेरास्ववियूले पक्राउ गर्नुका साथै सम्पती सुधिकरणको पनि माग गरेका छन् । माग पुरा नभए कडा आन्दोलनमा जाने नेता सुदेश प्रजुलील बताए  ।

गत शुक्रबार प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजको छात्रवास प्रवेशका क्रममा कुटपीट भएको थियो । त्यही घटनाको बिरोधमा अनेरास्ववियूले आज प्रर्दशन गरेको हो । अनेरास्ववियू ,नेपाल बिद्यार्थी संघ र समाजवादी पार्टी निकटको विद्यार्थि संगठन कलेज बिरुद्ध आन्दोलनमा उत्रिएका छन । 
 

Last modified on 2019-11-25 10:00:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts