अस्पताललाई तत्काल बिजुली उपलब्ध गराउन नेपाल चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम (भिडियो सहित)

निजी अस्पतालका पदाधिकारी क्रुद्ध



Download our app to get more features

अशोक महर्जन

फागुन २९, काठमाण्डौ ।
विद्युत प्राधिकरणले निजी अस्पताललाई प्रदान गर्दै आईरहेको डेडिकेटेड फिडर लाईन ७२ घण्टा भित्र पुनः सुचारु नगरे देशभरका अस्पतालमा ओपिडी सेवा बन्द गराउने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ । 

 


नेपाल चिकित्सक संघले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको हो । 
संघले फागुन २१ गते प्रधानमन्त्री केपी ओलीलाई भेटी विद्युत कटौति नगर्न ज्ञापन पत्र मार्फत अनुरोध गरेको थियो । भेटमा प्रधानमन्त्री ओलीले सवै अस्पतालमा विद्युत आपुर्ति सुचारु गर्ने आश्वासन दिएपनि अहिलेसम्म कार्यावन्यन नभएको अस्पताल सञ्चालकहरुको गुनासो छ । तत्काल विद्युत आपूर्ति सुचारु नभए हदैसम्मको आन्दोलनको कार्यक्रम सुरु गर्ने अस्पतालहरुको भनाइ छ । 

 


अस्पताल जस्तो संवेदनशील क्षेत्रलाई सरकारले भेदभावपुर्ण व्यवहार गरेको निजी अस्पतालका पदाधिकारीहरुको आरोप छ । देशको ७० प्रतिशत स्वास्थ्य सेवा उपलव्ध गराईरहेको निजी क्षेत्रलाई विद्युत कटौति गर्नु विडम्वनापुर्ण रहेको चिकित्सक संघको टिप्पणी छ ।  सरकारले वि.सं २०६५ सालदेखि देशभरका निजी अस्पताललाई डेडिकेशन लाईन वितरण गरी चौबिसै घण्टा विद्युत सेवा उपलव्ध गराउँदै आएको थियो । 


 

Last modified on 2016-03-12 15:21:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts