अझै सबै नागरिकलाई समेट्न सकेन स्वास्थ्य बीमा कार्यक्रमले

कुन प्रदेशमा कति ? 



Download our app to get more features

काठमाडौं, १८ मंसिर । सरकारले आर्थिक वर्ष ०७२/७३ मा तामझामका साथ सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमले सबै नागरिकलाई अहिलेसम्म समेट्न सकेको छैन् । कार्यक्रम घोषणा गरेदेखि नै आलोचित बनेको स्वास्थ्य बीमा अहिले पनि आलोचनाबाट टाढिन सकेको छैन । 

कार्यक्रमअनुसार प्रत्येक परिवारका पाँच जनासम्मले स्वास्थ्य बीमा गराउन सक्नेछन् । पाँच जना सदस्य बराबर २५ सय रुपैयाँ शुल्क भुक्तानी गरेपछि सो परिवारले ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । अति गरीब वर्गमा परेका नागरिकलाई भने बीमा शुल्क सतप्रतिशत छुट गरिएको थियो । यस्तै मध्यम र गरीब वर्गका नागरिकहरुले क्रमशः ७५ र ५० प्रतिशतसम्म छुट पाउने उल्लेख छ । सरकारले गरीबी निवारण मन्त्रालयले जारी गरेको परिचयपत्रका आधारमा गरीबीको पहिचान गरी छुट प्रदान गर्ने जनाएको थियो । कार्यक्रम सञ्चालनका लागि सरकारले नमूना जिल्लाका रूपमा कैलाली, बाग्लुङ र इलामसहित झापा, रौतहट, चितवन, भक्तपुर, म्याग्दी, कास्की, पाल्पा, जाजरकोट, जुम्ला र बैतडीलाई छानिएको थियो । 

स्वास्थ्य बीमा कार्यक्रम लागू भएको जिल्लाबाटै कार्यक्रम प्रभावकारी नभएको गुनासो आइरहदा यसमा सहभागी हुनेको प्रतिशत पनि न्युन देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको स्टेप्स सर्वे अनुसार स्वास्थ्य बीमा कार्यक्रममा जम्मा ६.९ प्रतिशत मात्रै सहभागी बनेका छन् । कार्यक्रममा पनि महिलाभन्दा पुरुष बढी सहभागी रहेको सर्वेले देखाएको छ । सर्वेका अनुसार स्वास्थ्य बीमा गर्ने पुरुषको ७.८ प्रतिशत मात्र छन् । महिला भने जम्मा ६.१ प्रतिशत मात्रै स्वास्थ्य बीमामा समावेश भएका छन् ।  

कुन प्रदेशमा कति ?
स्टेप्स सर्वे अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशका नागरिकको रहेको छ । त्यसपछि क्रमशः गण्डकी प्रदेश र कर्णाली प्रदेश रहेका छन् । यस्तै सबैभन्दा कम प्रदेश ५ का नागरिक यस कार्यक्रममा सहभागी भएका छन् । 

प्रदेश १:    २.९  प्रतिशत
प्रदेश २:    २.६ प्रतिशत
प्रदेश ३:   २.४  प्रतिशत
गण्डकी प्रदेश:  ३.९ प्रतिशत
प्रदेश ५:  २.१ प्रतिशत
कर्णाली प्रदेश:  ३.७ प्रतिशत
सूदुरपश्चिम प्रदेश:   ९.८ प्रतिशत


 

Last modified on 2019-12-05 07:46:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts