चारवटा मेडिकल कलेजका विद्यार्थीद्वारा बोर्ड परीक्षा बहिस्कार, प्रवेश पत्र जलाइयो



Download our app to get more features

काठमाडौं, १८ मंसिर । आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीहरुले बोर्ड परीक्षाको प्रवेशपत्र जलाएका छन् । बुधबारबाट सुरु हुने परिक्षा बहिस्कार गर्दै विद्यार्थीले प्रवेश पत्र चलाएका हुन् । चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, भैरहवा मेडिकल कलेज र नेशनल मेडिकल कलेजका विद्यार्थीले परिक्षा बहिस्कार गर्दै प्रवेश पत्र जलाएका हुन् । 

मेडिकल कलेजले सरकारले तोकेको शुल्क भन्दा बढि रकम लिएपछि विद्यार्थी आन्दोलनमा उत्रेका थिए । शुल्क फिर्ता गर्न सरकारले कलेज सञ्चालकलाई निर्देशन दिएपनि शुल्क फिर्ता हुन सकेको छैन् । आन्दोलनरत विद्यार्थीहरुले माग पुरा भएको ६ महिनासम्म वार्षिक परिक्षामा सामेल हुन नसक्ने जनाउदैं आएका छन् । 

विज्ञप्ति

चिकित्सा शास्त्र अध्ययनमा वर्षौंदेखि चलिरहेको विभिन्न वेथितीहरूको समाधानका निम्ति २०७२/७३ सालमा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान द्वारा शुल्क निर्धारण गरि OPEN HoUSE Counseling प्रणालीबाट भर्ना को थालनी भएको सर्वविदितै छ। २०७२/७३शुल्क निर्धारण भए पस्चात पनि २०७६ सालमा निर्धारण गरिएको शुल्क ४२,४५०००/-(Out of Valley) भन्दा यस कलेजले १५,०००००/- अतिरिक्त रकम दादागिरी शैलीमा अशुल गर्ने कुरा सवैमा अवगत नै छ। यस्तो अटेरी र गैरजिम्मेवार स्वभावको निरन्तरता दिँदै आएको कलेज प्रशासनलाई पटक-पटक अतिरिक्त शुल्क फिर्ता गर्न विभिन्न अल्टिमेटम दिएतापनि वास्तानै नगरेको सम्पूर्णलाई जानकारी नै छ। सरकारले निर्धारण गरेको शुल्कमा अध्ययन गर्न पाउनु हाम्रो मौलिक अधिकार हो र सो अधिकारको कलेज प्रशासनले दादागिरी शैलीमा हनन् गरेको हाम्रो किटान छ।

विद्यार्थीको भविष्य र अभिभावकको मेहनतको कदर नगरि रकम असुल गर्न जुनसुकै हदमा गिर्न सक्ने यस्तो कलेज प्रशासनले भोलिको दिनमा स्वास्थ्य जस्ता सम्वेदनशील क्षेत्रमा स्वच्छता कसरी कायम गर्न सक्छ भन्ने हाम्रो प्रश्न छ। विभिन्न अनैतिक व्यवहार देखाउने यस कलेज प्रशासनले सेवामा व्यतित गर्नु पर्ने हाम्रो जीवन रेखा कसरी कोर्न सक्ला त ?? चिकित्सक बनी स्वास्थ्य क्षेत्रलाई नयाँ उचाईमा लगि राष्ट्र निर्माणमा एउटा ईट्टा थप्ने हाम्रो लक्ष्यलाई सुनिश्चित गर्न र भएको माफियातन्त्र अन्त्य गर्न सुरु भएको हाम्रो आन्दोलनलाई कलेज प्रशासनले अरूबाट उचालिएको भन्दा हाम्रो अभिभावक हो भन्ने कलेज प्रशासनले आफ्नै सन्तानको हक मिचेर पानी माथिको ओभानो हुन खोजेको भन्ने हाम्रो भनाइ छ। यस्तो मर्यादित आन्दोलनलाई तुहाउन आन्तरिक विद्यार्थीसँग समेत लडाउन पछि नपरेको यस कलेज प्रशासनले मिहिनेती श्रमिक समेत जुधाउन अथक प्रयास नै गर्यो।

आन्दोलनको पहिलो दिन त कलेजले मागपत्र समेत स्वीकार नगरेको सम्पूर्णलाई जानकारी नै छ। जिल्ला प्रशासन कार्यालयमा विभिन्न वैठक बसे तापनि हाम्रो माग पूर्ति नभएको हूँदा आन्दोलनलाई थप सशक्त बनाउन कलेजका विभिन्न शाखामा तालाबन्दी समेत गरिएको छ। यसैक्रममा २०७६/८/१० गते मन्त्रालय अन्तर्गत को कलेज संचालक र सरकार वीचको वार्ताको दुई बूंदे निर्णय आउंदा विद्यार्थीको अपूर्ण र प्रक्रिया नखुलाइएको सहमति हामीलाई अमान्य भएको सार्वजनिक गराउँदछौं। सरकारको निर्णय पस्चात पनि लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्ने कार्यमा अझैपनि आलटाल गर्दै न‌ त कुनै ठोस प्रक्रिया न‌ त कुनै समयावधि नै खुलाई हामीले बहीष्कार गर्ने परीक्षामा सहभागी गराउन कलेजले हाम्रो चिन्ताको नाटक गर्दै लुटेको अभिभावकलाई फोन गरेको देख्दा अचम्म लाग्छ। माग पूरा नभएसम्म परीक्षामा सहभागी नहुने निर्णय पटक-पटक जानकारी गराऊंदा पनि वास्ता नै नगरी विभिन्न अनैतिक कार्य गरेको यस कलेजलाई फेरि पनि I.O.M मा २०७६/८/११ मा दर्ता भएको दर्ता.नं -९११ को निवेदन अनूसार हाम्रो ६ बूंदे माग पूरा भएको एक महिना पछि मात्र वार्षिक परीक्षामा सहभागी हुन सक्ने व्यहोरा यसै पत्र मार्फत सार्वजनिक गराउँदछौं।

Last modified on 2019-12-06 07:41:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts