प्रधानमन्त्री अझै केहिदिन मेडिकल अब्जरभेसनमा, डिस्चार्ज हुने मिति टुंगो छैन



Download our app to get more features

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली अझै केहिदिन अस्पतालमै रहने भएका छन् ।  

उनको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएपनि अस्पतालले मेडिकल अब्जरभेसनका लागि अझै केहिदिन अस्पतालमै रहन सुझाव दिएको छ । 

स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्जको तयारी भइरहेको चर्चा चले पनि प्रधानमन्त्री ओली अझै एक दुई दिन अस्पतालमै बस्ने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

महाराजगञ्जस्थित कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्रीको गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल भएपनि पेटमा संक्रमण फैलिएकाले आईसीयूमा उपचार हुँदै आएको छ ।

सेन्टरका निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्री ओलीलाई मेडिकल अब्जरवेसनमा राखिएको जानकारी दिएका छन् । उनले अझैं केहिदिन अस्पतालमा राखेर उपचार र अबलोकनपछि मात्रै डिस्चार्ज गर्न मिल्ने बताएका छन् ।

Last modified on 2019-12-06 07:41:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts