युनिभर्सल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबिच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता  



Download our app to get more features

काठमाडौं, २२ मंसिर । मेडिकल कलेजले लिएको बढि शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थी र युनिभर्सल कलेजबिच सहमति भएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखलेरका स्वकीय सचिव पुरन केसीको नेतृत्वमा ६ बुँदे सहमति भएको हो ।

शनिवार राति भएको सहमतिमा शैक्षिक वर्ष २०७५/०७६ को हकमा विद्यार्थीले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्कसमेत तिरिसकेको हकमा त्रिवि रजिष्टेसन शुल्क, काउन्स्लि रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम दोस्रो किस्तामा समायोजन गर्ने जनाइएको छ । 

सहमतिपत्रमा कलेजका तर्फबाट अजयकुमार पीएस र सन्तोषकुमार बीएनले हस्ताक्षर गरेका छन् भने विद्यार्थीको तर्फबाट १५ जनाले हस्ताक्षर गरेका छन् । सहमतिपछि विद्यार्थीले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका छन् । 

Last modified on 2019-12-09 06:08:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts