चितवन मेडिकल कलेजका विद्यार्थीद्वारा आज पनि परीक्षा वहिस्कार, आन्दोलन अझै चर्काउने चेतावनी (फोटोफिचर)



Download our app to get more features

चितवन, २२ मंसिर । अवैध शुल्क फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका चितवन मेडिकल कलेज (सीएमसी) का विद्यार्थीले आइतबार (आज) को बोर्ड परीक्षा पनि बहिस्कार गर्दैं आन्दोलनलाई निरन्तरता दिएका छन् । उनीहरुले आइतबार दिउँसो चितवन मेडिकल कलेज शिक्षण अस्पातल अगाडि मुखमा कालो पट्टि बाधेर धर्ना दिएका छन् ।

सरकार र मेडिकल कलेज संचालकहरुबीचको वार्तामा भएको दुई बुँदे सहमति आफुहरुलाई मान्य नहुने भन्दै उनिहरु आन्तदोलनरत छन् । मेडिकल कलेजहरुले ०७२ देखि नै विद्यार्थीबाट अबैध शुल्क उठाउदै आएकोले चार बर्षकै शुल्क फिर्ता वा समायोजन हुनुपर्ने उनिहरुको माग रहेको छ । पछिल्लो समय सरकार र मेडिकल कलेजबीच भएको सहमति विद्यार्थीको पक्षमा नभई मेडिकल माफियाहरुको पक्षमा भएको उनीहरुको आरोप छ ।

उनीहरुले आन्दोलनलाई झनै चर्काउने निर्णय पनि गरेका छन् । सरकार र मेडिकल कलेज संचालकबीच केही समय अघी भएको वार्तामा बढी लिइएको रकम आगामी वर्षको शिक्षण शुल्कमा समायोजन गर्ने सहमति भए पनि विद्यार्थीको असहमती रहेको छ ।

Last modified on 2019-12-10 06:35:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts