राजिनामा स्विकृत नभए पछि स्वास्थ्य सचिव पुष्पा चौधरीले भनीनः 'राजीनामा पुनर्विचार गरियोस' 



Download our app to get more features

काठमाडौं, २२ मंसिर ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव पुप्पा चौधरीले दिएका राजीनामा स्विकृत नभएपनि पुनविचार गर्न आग्रह गरेकी छन् । केही महिना अघि विश्व स्वास्थ्य संगठनको जागिर खान भन्दै राजिनामा दिएर हिडेकी सचिव डा पुष्पा चौधरी राजिनामा स्विकृत नभए पछि पुन मन्त्रालयमा हाजिर भएकी हुन् । 
 सरकारले स्वास्थ्य सचिव डा पुष्पा चौधरीले  दिएको राजिनामा अस्वीकृत गरेको छ। 

सचिव डा चौधरीले गत ३ कात्तिक मिडिया समक्ष आजैको मितिबाट राजिनामा दिएको जनाएकी थिइन् । तर उनले १३ कात्तिकबाट लागू हुने गरी राजिनामा दिएकी थिन् । १७ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीको राजिनामा अस्विकृत गरेको थियो ।

राजीनामा अस्विकृत भएपछि आजभन्दा  दुई दिन अघि सचिव चौधरी मन्त्रालयमा हाजिर भएकी मन्त्रालय स्रोतले बताएको छ। हाजिर भए पनि उनी काममा पर्कनु भन्दा आफ्नो राजिनामामा पुन विचार गरियोस् भनेर पुन राजिनामा बुझाएकी छन् । उनी मन्त्रालय पुगेर नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई समेत भेटेकी थिइन् ।   स्रोतले भन्यो ‘ मन्त्रालयले पत्र पठाए पछि उहाँ आफै आउनु भएको हो तर काममा फर्कनु भएको होइन् उहाँले राजिनामामा पुन विचार गरियोस् भनेर पत्र दिनु भएको छ।‘ 
 

Last modified on 2019-12-10 06:37:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts