गुल्मी अस्पताललाई बेबी वार्मर र फोटो थेरापी मेसिन हस्तान्तरण



Download our app to get more features

रुपन्देही, २३ मंसिर । जिल्ला अस्पताल गुल्मीलाई लायन्स क्लब अफ तम्घासले सातलाख बराबरको साम्रगी हस्तान्तरण गरेको छ । 

नवजात शिशुहरुको जन्म हुँदा चिसोबाट बचाउनका लागि प्रयोग गरिने बेबी वार्मर र फोटो थेरापी मेसिन अस्पताललाई हस्तान्तरण गरेको हो । 

अस्पताललाई सामाग्री हस्तान्तरण गदै लायन्स क्लब अफ तम्घास का अध्यक्ष बालसिंह काउछाले क्लबले गरेको  सानो सहयोगले नबजात शिशुहरुको अकालमै मृत्यू हुने अबस्थाको अन्त्य गर्नका लागि सहयोग पुग्ने बताए । उनले दुखी  गरिब  बिपन्न र अशक्तहरुलाई सहयोग गर्दै आएको वताउदै साउन ७ गते सत्यवती गाउँपालिकामा गएको पहिरो पीडितहरुका लागि पनि सहयोग गरेको बताए । 

सामग्री बुझ्दै अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले सहयोगका लागि धन्यबाद ब्यक्त गरेका थिए । पच्याले क्लबले गरेको सहयोगले अस्पताल र नबजात शिशुहरुको उपचारमा ठुलो सहयोग पुग्ने बताए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts