दक्षिणपूर्वी एसियाली क्षेत्रका आँखा विशेषज्ञहरुको बैठक आजबाट नेपालमा



Download our app to get more features

काठमाडौं, २३ मंसिर । नेपाल र दक्षिण पूर्वी एसियाली क्षेत्रमा विश्वव्यापी आँखा स्वास्थ्यको पहुँचको उद्देश्य हासिल गर्नका लागि विशेषज्ञहरुको बैठक नेपालमा बस्ने भएको छ ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीको वित्तीय र प्राविधिक सहयोगमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले डिसेम्बर ९ अर्थात् आजबाट १२ तारिखसम्म आँखा स्वास्थ्य विशेषज्ञहरुद्वारा दक्षिण पूर्वी एसियाको क्षेत्रीय बैठक काठमाडौंमा आयोजना गरेको हो ।

अक्टुबर २०१९ मा वल्र्ड भिजन रिपोर्ट (WVR) को विश्वव्यापी शुरुवातपछि आइएपीबी दक्षिण–पूर्वी एशियाली क्षेत्र (एसईएआर) ले विश्व स्वास्थ्य संगठनसँग क्षेत्रीय तहमा नजिकबाट काम गरिरहेको छ ।

विश्वव्यापी स्वास्थ्य पहुँच र दिगो विकास लक्ष्यको लक्ष्यहरु प्राप्त गर्न चाँडै क्षेत्रीय र राष्ट्रिय स्तरको बैठकको कार्यतालिका बनाएर बैठकको प्रतिवेदन पेश गर्नुपर्नेछ । यस बैठकमा दक्षिण पूर्वी एसियाका क्षेत्रका ४० आँखा स्वास्थ्य विशेषज्ञहरु सहभागी हुनेछन्् ।

बैठकको एजेण्डा यस क्षेत्रमा मोतिविन्दु, दृष्टिदोष, डाइबेटिक रेटिनोपेथी, जलविन्दु, न्यून दृष्टि र सहयोगी सेवाहरुको रुपमा विभिन्न क्षेत्रमा उपलब्ध आँखा स्वास्थ्य सेवा वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ । बैठकले यस क्षेत्रमा विश्वव्यापी आँखा स्वास्थ्य सेवाको पहँुच सबै जनता समक्ष पुर्याउने लक्ष्य प्राप्त गर्न कार्यतालिका तयार गरी महत्वपूर्ण सुझावहरु पेश गर्नेछ ।

यसका अलावा डाइवेटिक रेटिनोपेथी सेवाको मापदण्ड तयार गर्नका साथै यस क्षेत्रमा राष्ट्रिय दृष्टि २०२० को रिपोर्ट टुगों लगाउने तालिका निर्धारण गरिनेछ ।

Last modified on 2019-12-10 06:37:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts