सागमा सहभागि हुन आएका १३ खेलाडीमा डेंगु, ब्लुक्रसमा उपचार हुँदै



Download our app to get more features

काठमाडौं, २३ मंसिर । नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागि हुन आएका श्रीलंकाका खेलाडी बिरामी भएका छन् । 

१३ जना श्रीलंकन खेलाडीमा डेंगु देखिएपछि उनीहरुलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।

डेंगु संक्रमित मध्ये महिला फुटबलर गायथ्री नानायक्कराको अवस्था गम्भीर रहेको र उनको आइसीयूमा राखेर उपचार भइरहेको ब्लुक्रस अस्पतालले जनाएको छ । 

महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथ्री पोखरामा थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुका उनलाई काठमाडौं ल्याइएको थियो । डेंगु संक्रमण भएर अस्पताल भर्ना हुनेमा एथलेटिक्सबाट स्वर्ण विजेता अमासा डी सिल्भा पनि छिन् । 

अन्य ६ खेलाडी भने ब्लुक्रसमै उपचारपछि डिस्चार्ज भएर होटेल फर्कि सकेका छन् भने अन्यको उपचार हुँदैछ । बिरामी हुनेमा धेरैजसो एथलेटिक्सका खेलाडी रहेको श्रीलंकाली टोलीका मेडिकल प्रमुख डा. लाल इकनायकेले बताए । 

श्रीलंकाली टोलीले आफ्ना खेलाडी नेपाल आउनुअघि नै संक्रमित भएको अनुमान लगाएको छ । सागको बन्द प्रशिक्षणका क्रममा श्रीलंकाको सुगथादसा स्पोर्टस् होटेलमा बसेकामध्ये पाँच खेलाडीलाई अहिले डेंगु देखिएकाले उतै संक्रमित भएको अनुमान गरेको हो । 

Last modified on 2019-12-10 06:37:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts