चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पसमा लगाइएको तालाबन्दी विरुद्ध अनेरास्ववियू आन्दोलित



Download our app to get more features

काठमाडौं, २३ मंसिर । चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस, कीर्तिपुरमा लगाइएको तालाबन्दीको विरुद्ध अनेरास्ववियूले आन्दोलनको घोषणा गरेको छ । आवश्यकता अनुसार क्याम्पस प्रशासनद्वारा कार्तिक २७ गते शिक्षण सहायक (करार) पदपूर्तिका लागि माग गरेको आवेदन विरुद्ध मंसिर ३ गते देखि स्ववियूले क्याम्पसमा लगाएको तालाबन्दी विरुद्ध अनेरास्ववियूले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । कुनै व्यक्तिका लागि स्ववियूले क्याम्पसलाई अनिर्णयको बन्दी बनाएको, पटक पटक वार्तामा अस्पष्ट मागहरु राखि खेलाची गरेको, प्राज्ञिक थलोलाई राजनीतिको अखडा बनाएको र विगतमा आर्थिक अनियमितता गरेको आरोपमा अनेरास्ववियू आयुर्वेद क्याम्पस कमिटीले स्ववियू विरुद्ध आन्दोलन गर्नु परेको कुरा संगठनका अध्यक्ष डा.अच्युत शाली घिमिरेले बताए ।

स्ववियूको अर्थहिन तालाबन्दीले विद्यार्थीको पढाईमा असर पर्नुका साथै प्रशासनिक कार्यहरु रोकिदा पुनरावृत्ति हुन लागेको बीएएमएसको पाठ्यक्रम पनि अन्यौलमा परेको, प्राध्यापक, इन्टर्न, कर्मचारी, रेजिडेन्टहरुको तलब रोकिनुका साथै परीक्षा दिएर बसेका विद्यार्थीहरुको परीक्षा फल समेत प्रकाशित हुन नसकेको छैन् ।स्ववियूको यस्तो गैरजिम्मेवार पूर्ण तालाबन्दीका विरुद्ध अनेरास्ववियू विद्यार्थीका हक अधिकारका लागि आन्दोलनमा उत्रनुपरेको डा.घिमिरेको भनाइ छ ।

Last modified on 2019-12-10 06:37:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts