श्रीलंकाबाट सागमा आएका एथ्लेटिक्सका दुई खेलाडीलाई डेंगु, वयोधामा उपचार हुँदै



Download our app to get more features

काठमाडौं, २३ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाल खेलकुद (साग) मा सहभागि हुन आएका श्रीलंकाका दुई खेलाडीमा डेंगु देखिएको छ । एथ्लेटिक्सका यी दुई खेलाडीमा डेंगु देखिएपछि बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको अस्पतालका डा. कन्चन गोइन्काले जानकारी दिएका छन् । 

डेंगु संक्रमण हुनेमा २८ वर्षीया अस्ना डिस्पाल र मेन्का माधवी गेम कान्जी रहेका छन् । उनीहरू ६ डिसेम्बरमा अस्पताल भर्ना भएका हुन् । फिवर देखिएपछि अस्पताल भर्ना भएका उनीहरूलाई डेंगु संक्रमण पनि देखिएको डा. गोइन्काले बताए । सम्भवत दुवै खेलाडीको मंगलबार डिस्चार्ज हुने डा. गोइन्काले बताए । 
 

Last modified on 2019-12-10 06:38:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts