आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच सहमतिपछि एनएमसीमा आजबाट पठनपाठन सुचारु



Download our app to get more features

पर्सा, २४ मंसिर । नेशनल मेडिकल कलेज वीरगञ्जमा जारी आन्दोलन स्थगित भएको छ ।

आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच चारबुँदे सहमति भएपछि आजबाट पठनपाठन सुरु भएको छ । 

मंसिर १० गते शिक्षा मन्त्रालयमा भएको सहमति कार्यान्वयनका क्रममा कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीहरुबीच वार्ता भएको थियो । वार्तामा कलेज प्रशासनले शैक्षिक वर्ष २०७५/७६ को पहिलो किस्ता र केही अतिरिक्त शुल्क तिरिसकेका विद्यार्थीहरुको विधि परीक्षा, रजिष्ट्रेसन, काउन्सिल रजिस्ट्रेसन, होस्टल र खानाको कटौती गरेर बाँकी रकम आउँदो किस्तामा समायोजन गर्ने सहमति जनाएको छ । 

आगामी दिनमा त्रिभुवन विश्वविद्यालयले तोकेको शुल्क मात्र दिने, आन्दोलन गरेका आधारमा विद्यार्थीलाई पूर्वाग्रह नराख्ने र आन्दोलन फिर्ता लिने पनि सहमति भएको छ ।

यस्तो छ सहमति भएको पत्रः


 

Last modified on 2019-12-11 07:00:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts