तौलिहवा अस्पतालको मन्त्री बरालद्वारा अनुगमन, एनआईसियू सेवा चाँडै सुरु गर्ने प्रतिवद्धता



Download our app to get more features

रुपन्देही, २५ मंसिर । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले तौलिहवा अस्पतालमा एनआईसियू सेवा विस्तार गर्ने बताएका छन् । 

अस्पतालमा सुत्केरी हुन आउनेको संख्या धेरै देखिएकोले अस्पतालमा एनआईसियू आवश्यक रहेको मन्त्री बरालको भनाइ छ ।

अस्पताल अनुगमन गर्न तौलिहवा पुगेका मन्त्री बरालले भर्खर जन्मेका बच्चाका लागि एनआईसियू सेवा पनि चाँडै सुरु गर्ने बताए । अस्पतालको विकासका लागि प्रदेश सरकार विशेष सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उनले अति आवश्यक रहेको यो सेवा अभावका कारण बिरामी बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । 

तौलीहवा अस्पतालको बारेमा रत्नाकर शुक्लाले जानकारी गराउँदै कर्मचारी दरबन्दी, भौतिक अवस्थाकोबारेमा पनि मन्त्री बराललाई अवगत गराएका थिए ।

Last modified on 2019-12-11 21:07:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts