नेपाल चिकित्सक संघको निर्वाचनका लागि उम्मेदवारी दर्ता आज



Download our app to get more features

काठमाडौं, २७ मंसिर  । नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । 

आज बिहान १० बजेबाट सुरु भएको उम्मेदवारी भोली दिउँसो एक बजेटसम्म गर्न सकिने निर्वाचन समितिले जनाएको छ ।

माघ ४ र ५ गते काठमाडौं बाहिरका लागि निर्वाचनको मिति तोकिएको छ भने माघ १७ देखि २१ गतेसम्म काठमाडौं उपत्यकामा निर्वाचन हुनेछ ।

संघको निर्वाचनमा यसपालि नेपाली काँग्रेस निकट मानिने (लोकतान्त्रिक समूह) ले डा. लोचन कार्कीको नेतृत्वमा उम्मेदवारी दिने तयारी छ भने मधेशी प्यानलबाट पनि निर्वाचनमा जाने तयारी हुँदैछ ।

आगामी माघमा हुने निर्वाचनबाट संघको २८ औं केन्द्रीय कार्यकारिणी समिति चयन गर्नेछ । 
 
यसपालि संघको चुनावमा झन्डै ९ हजार बढी डाक्टरले मतदान गर्नेछन् ।

Last modified on 2019-12-24 12:21:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts