चिकित्सक संघ चुनावः ३० जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन, एकजनाले लिए फिर्ता 



Download our app to get more features

काठमाडौं, ३० मंसिर । नेपाल चिकित्सक संघको आसन्न निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली प्रकाशन भएको छ । 

निर्वाचन कमिटिले शनिवार प्रथम पटक प्रकाशन गरेको उम्मेदवारको सूचिमा दावी, विरोध र फिर्ता गर्ने समय सोमबार दिउसोसम्म राखिएको थियो । यो अवधिमा एकजनालेमात्र उम्मेदवारी फिर्ता लिएका छन् । ३१ जना उम्मेदवारमध्ये एकजनाले फिर्ता लिएपछि ३० जनाको नामावलीलाई अन्तिम रुप दिएर निर्वाचन कमिटिले प्रकाशन गरेको छ । 

यसअघि सदस्यमा उम्मेदवारी दिएका चिकित्सक मनोरदिन शैयदले उम्मेदवारी फिर्ता लिएका छन् । बाँकीको भने नामावली यथावत रहेको छ । जसअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा प्रजातान्त्रिक र प्रगतिशिलका एकएकजना गरि दुईदुई जनाको उम्मेदवारी छ । तर, महासचिवमा भने चारजना उम्मेदवार बनेका छन् । 

उम्मेदवारहरुलाई एकमहिनाभन्दा बढि निर्वाचन प्रचार गर्ने समय राखिएको छ । संघको निर्वाचनका कार्यक्रम माघ ४ गतेदेखि सुरु हुँदैछ । जसअनुसार संघको उपत्यका बाहेकका १६ शाखामा माघ ४ र ५ गते तथा केन्द्रमा भने माघ १७ गतेदेखि माघ २१ गतेसम्म निर्वाचन हुँदैछ । उम्मेदवारहरुको अन्तिम सूचि प्रकाशन भएसँगै चिकित्सा क्षेत्रमा चुनावको रौनक सुरु भएको छ । उम्मेदवारहरुले मतदाता भेटघाट गर्न थालिसकेका छन् । संघको आसन्न निर्वाचनबाट चुनिने कार्यसमितिको कार्यकाल ३ वर्षको हुन्छ । 

Last modified on 2019-12-19 15:25:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts