कसरी गरिन्छ कपाल प्रत्यारोपण ? (भिडियोसहित)

What's This?


Download our app to get more features

केश अर्थात कपाल झरेर तालु भएको ठाउँमा पुनः कपाल उमार्ने उपचार विधि केश प्रत्यारोपण हो । कपाल मात्र नभएर पातलिदै गएको दाह्री, जुँगा, पनि प्रत्यारोपण गर्ने गरिन्छ । यसैगरी आँखी भौ रोपेर बाक्लो पार्ने, जलेको वा कुनै रोगका कारण टाउको वा अन्य भागमा रांै कम भएमा त्यस स्थानमा पनि रौं रोपेर यो प्रक्रियाबाट बाक्लो पार्ने सकिन्छ । 

डम्र्याटोलिस्ट तथा हेयर ट्रान्सप्लान्ट सर्जन डा. रुपक घिमिरेका अनुसार नेपालमा पछिल्लो समय कपाल प्रत्यारोपण गराउनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।  यो सेवा २० वर्षदेखि ७० वर्षसम्मका मानिसलाई दिन सकिने डा. रुपक घिमिरेको भनाइ छ ।

मानिसको सुन्दरतमा कपालले पनि महत्वपूर्ण भूमिका रहन्छ । स्वस्थ, शुन्दर कपाल के महिला के पुरुष जसको पनि पहिचान र सुन्दरताको विषय हो । तर, दुर्भाग्यवश कपाल झरेर रुप नै फरक भएका हामीले धेरै व्यक्ति देखेका छौं । विशेष गरी पुरुषमा यो समस्याले बढी छ । कपाल झरेर तालु भएका धेरै व्यक्ति अस्थायी र झन्झटिलो ‘विग’ लगाएर हिँडेको हामी देख्छौं । कपाल उमार्ने तथा झर्नबाट रोक्ने भन्दै भ्रमपूर्ण औषधि बेच्नेहरू पनि बजारमा प्रशस्तै भेटिन्छन् । जसको विश्वासमा परी पैसा खर्च मात्रै भइरहेको हुँदैन स्वास्थ्यमा पनि असर पर्ने डा. रुपक बताउँछन । 

कपाल कसरी प्रत्यारोपण गरिन्छ भन्ने विषयमा डा. घिमिरे भिडियो सन्देश दिएका छन् ।

हेरौ भिडियो

 

 

Last modified on 2019-12-24 12:36:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts