के तपाइँलाई पनि नशा च्यापिने समस्या छ ? यसको प्राकृतिक उपचार पनि छ (भिडियो सहित)

नशा च्यापिएको समस्याको लागि अपरेशन नै गर्नु पर्ने आम धारण रहेको छ तर ९० प्रतिशत समस्यामा अपरेशन गर्न जरुरी हुदैन ।



Download our app to get more features

हिजोआज कम्मरको नशा च्यापिएकोे समस्याको बारेमा धेरै सुन्ने गरीन्छ । अस्पतालहरुमा यस्ता बिरामिको संख्या बढिरहेको तथ्याङ्क छ । नशा च्यापीने बित्तिकै अधिकांशको दिमागमा जीवन बर्बाद भयो वा अप्रेशन नै गर्नु पर्ने भयो भन्ने जस्ता भयले धेरै मानिसहरु भयभित छन् । तर नशा च्यापिएको अवस्थामा अप्रेशन बाहेक पनि अन्य प्राकृतिक उपचार विधिहरु प्रभावकारी मानिन्छन् । 
एक्कासी कम्मर दुख्ने, त्यस्तो दुखाई पुरा तिघ्रा हुदै खुट्टा सम्म पुग्ने र झमझमाउने वा लाटो पोल्ने हुने अवस्थालाई साईटिका भनिन्छ । कम्मरबाट निस्कने साईटिका नशामा कुनै कारणले दबाब परेमा यो समस्या आउँछ ।

कम्मरको मेरुदण्डमा ५ वटा लम्बर र ४ वटा स्याक्रल गरी ९ वटा टुक्रा मिलेर कम्मर बनेको हुन्छ । त्यसका वरिपरि मांशपेसी र नशा हुन्छन् । प्रत्येक मेरुदण्डको हड्डिको विचमा डिस्क, एक तन्किने खालको तन्तुबाट बेनेको हुन्छ । डिस्कले मेरुदण्डका हड्डिहरुलाई अढ्याएर राखेको हुन्छ । कुनै कारण त्यो डिस्कले आफ्नो ठाउँ छोड्योभने त्यसले कम्मरको मेरुदण्डको भागबाट निस्कने साइटिक नशालाई च्यापिदिन्छ त्यस्तो अवस्थालाई प्रोल्याप्स इन्टर भर्टेव्रल डिस्क वा PIVD भनिन्छ । एक्ष्ख्म् नै नशा च्यापिने प्रमुख कारण हो । नशा च्यापिएको पत्ता लगाउनको लागि एमआरआई नै गर्नु पर्ने हुन्छ । त्यसपछि मात्र प्राकृतिक उपचार सुरु गर्नुपर्छ । 

नशा च्यापिने मुख्य कारण बसाइको पोजीसन नमिल्दा, लामो समय सम्म टेवुलमा बसी काम गर्दा, व्यायामको कमि, नरम बेडमा सुत्ने, लामो समय सम्म एउटै पोजीसनमा टिभी हेर्ने नै हुन् । 

PIVD बाहेक हड्डि खिइएर वा हड्डि पलाएर एक माथि अर्को मेरुदण्ड खप्टिएर, नशा निस्कने बाटो साँघुरिएर वा मांशपेसिमा नशा च्यापिएर पनि हुनसक्छ । मेरुदण्डमा हुने संक्रमण वा ट्युमरको कारण पनि नशा च्यपिन सक्छ । नशा जसलाई पनि च्यापिन सक्छ । विशेषगरी युवा अवस्थाका व्यक्ति गलत तरीकाले शारीरिक अभ्यास गर्ने मोटोपन भएका व्यक्ति तथा गर्भवति महिलामा यो समस्या बढि देखिन्छ ।

नशा च्यापिएको ब्यक्तिलाई प्राय जसो एक्कासी कम्मर दुख्ने, त्यस्तो दुखाई पुरा वा हिप, तिघ्रा, हुँदै खुट्टाको बाहिर पट्टि सम्म पुग्छ भने कतिपयमा विस्तारै पनि समस्या बढ्दै जान्छ तर डिस्क प्रोल्याप्स भएको व्यक्तिमा एक्कासी समस्या देखिन्छ । दुखाई बाहेक, हिप देखि खुट्टा सम्मको भाग झमझमाउने लाटो हुने वा दुवै पनि हुनसक्छ । 

नशा च्यापिएको अवस्थामा अगाडि झुक्दा, डिड्डुल गर्दा, हाँच्छिउँ गर्दा वा खोक्दा दुखाई बढ्न जान्छ । कतिपय व्यक्तिहरु हलचल नै गर्न नसक्ने हुनसक्छन् । यस्तो अवस्था लामो समय सम्म रहयो भने खुट्टाको मांसपेसि सुक्दै जाने, चेतना हराउने, दिशा पिसाब आएको थाहा नहुने वा खुट्टै नचल्ने अवस्था सम्म पनि पुग्न सक्छ । धेरै जसो अवस्थामा दुखाइको प्रकृतिले नशा च्यापिएको पत्ता लगाउन सकिन्छ ।

 नशा च्यापिएको समस्याको लागि अपरेशन नै गर्नु पर्ने आम धारण रहेको छ तर ९० प्रतिशत समस्यामा अपरेशन गर्न जरुरी हुदैन । अपरेशन गर्नु पूर्व अरु उपचार पद्धतिहरु जस्तै फिजियोथेरापी, प्राकृतिक चिकित्सा, अकुपंचर, अकुप्रेसर, व्यायाम जस्ता प्राकृतिक पद्धतिहरु अपनाउनु पर्छ । प्राकृतिक चिकित्सामा स्टिम वाथ, मालिस, कट्टिस्नान, इमर्सन वाथ को प्रयोग गरिन्छ जसले नशा च्यापिएको अवस्थालाई धेरै फाईदा गर्दछ ।

फिजियोथेरापी अर्काे प्रभावकारी उपचार पद्धति हो नशा च्यापिएको समस्याको लागी । फिजियाथेरापीमा अल्ट्रासोनिक थेरापी, टेन्स, आईएफटी प्रयोग गरीन्छ । यी थेरापिहरुले दुखाई कम गर्न महत्वपूर्ण भुमिका खेल्छ ।

भिडियो हेर्नुहोस् 

फिजियोथेरापिको महत्वपूर्ण भाग ब्यायाम पनि नशा च्यापिएको अवस्थामा बिशेष प्रभावकारी हुन्छ । मांशपेशिलाई बलियो बनाउनुको साथै डिस्कलाई पुरानै अवस्था मा फर्काउन सहयोग गर्दछ । व्यायाम नियमित गर्दा साईटिका पूर्ण रुपमा निको हुन सक्छ । साइटिकाको बेलैमा उपचार नगरे यसले अरु धेरै जटिलता ल्याउने हुँदा बेलैमा उपचार गर्नु पर्दछ । समयमै प्राकृतिक पद्धतिबाट उपचार गरे अपरेशन गरिहाल्नु आवश्यक पर्दैन ।

Last modified on 2017-06-12 11:18:41

2 Comments

  1. mero kammar ekdamai dherai dukhxa niurinu hudaina .ani eutai sthan ma eutai position ma dherai samaya samma basna garho hunxa .load bokera hidna garo hunxa .yesto huna thaleko chai 10 mahina vanda badhi vaisako .yesko lagi baschne upaya k huna sakxa hola ?plz vanidinos na

  2. मेरो नसा च्यापिएको 10महिना जति भो।अस्ति 2महिना अगादी अप्रेसन गरेको तर पनि दुखाई खासै चेन्ज भयन ।अब मैले दुखाई हराउन के गर्नु पर्ला ।मेरो अप्रेसन सफल नभाकै होत सर ।पहिला जस्तो लाटो भाको त कम भयो सथै उढ्दा बस्दा पनि दुखाइ खसै छैन तर खोक्द अछिउ गर्द निउरिद भने दुख्छ साथै सम्म तिर हिड्दा अनि थर्किदा पनि दुख्छ ।अब निको पार्न के उपाय होल doctor साप ।म एग्दम डराई रछु ।मेरो नम्बर 9803513128.मेरो उमेर 25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts