पूर्वस्वास्थ्य मन्त्री गगन थापाद्वारा गुल्मीको हेल्थपोष्टलाई एम्बुलेन्स हस्तान्तरण 



Download our app to get more features

काठमाडौँ, ८ पुस । पूर्वस्वास्थ्य मन्त्री तथा सांसद गगन थापाले गुल्मीको कालीगण्डकी गाउँपालिकाको वडा नं.७ लाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।  

‘पण्डित वेणी माधव पौडेल प्रतिष्ठान’ले उपलब्ध गराएको एम्बुलेन्सलाई नेता थापाले काठमाडौंमा सोमबार आयोजित विशेष कार्यक्रममा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । कालिगण्डकी गाँउपालिका ७ भुर्तङ्ग हेल्थ पोष्टले सञ्चालन गर्ने गरी थापाले वडा नम्बर ७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका छन् ।  

नेपाली कांग्रेसका नेता स्व.गिरिजाप्रसाद कोइरालाको निजी सहयोगीका रुपमा लामो समय काम गरेका काँग्रेस नेता गोकर्ण पौडेलले आफ्नो बुवाको स्मृतिमा गाउँपालिकाको वडा नम्बर ७ लाई प्रतिष्ठानमार्फत एम्बुलेन्स उपलब्ध गराएको जानकारी दिए ।  

कार्यक्रममा युवा नेता थापाले एम्बुलेन्सलाई सकेसम्म न्युनतम शुल्क लिएर सेवा दिन सुझाव दिएका छन् ।  ‘एम्बुलेन्स चलाउन शुल्क उठाउनुपर्छ, शुल्क उठाउँदा सेवाग्राहीलाई भार पार्नु हुँदैन’, थापाले भने, ‘एम्बुलेन्सको मर्मत सम्भार, चालकको तलबलगायतका विषयमा पनि एम्बुलेन्सको शुल्कले व्यवस्था मिलाउनुपर्छ ।’
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts