ल्याप्रोस्कोपी र ओपन सर्जरीमा के फरक छ (भिडियोसहित)



Download our app to get more features

सल्यक्रिया गर्नुपर्ने उपचार विधिमा ल्याप्रोस्कोपीको प्रभावकारिता बढ्दै गएको छ । विशेषगरी शरीरको भित्री अंगहरूको सल्यक्रिया गर्नु परेमा यो प्रविधिमार्फत निकै प्रभावकारी र सहज हुन्छ । 

ट्युमर वा अन्य समस्या भएको स्थानमा उपकरणको सहायताले एक सेन्टिमिटरको प्वाल पारिन्छ । त्यही प्वालबाट क्यामेरा छिराइ त्यसको अवस्था हेरी आवश्यक उपकरणमार्फत शल्यक्रिया गर्ने प्रविधि ल्याप्रोस्कोपी हो । यो प्रविधिमार्फत एउटै प्वालबाट दुई÷तीन ठाउँमा पनि शल्यक्रिया गर्न सकिन्छ । 

केही वर्षअघिसम्म पेट लगायतका शरीरका अन्य भित्री अंगमा भएको समस्या समाधान गर्न चिरफार गरेर ठूलो घाउ बनाइन्थ्यो । यसलाई ओपन सर्जरी (शल्यक्रिया) भनिन्थ्यो । यसरी शल्यक्रिया गर्दा सिमित क्षेत्रमा मात्र हेर्न सकिन्थ्यो । तर ल्याप्रोस्कोपी प्रविधिमार्फ पेटभित्रको सम्पूर्ण समस्या एकै पटक थाहा पाउन सकिन्छ । यसरी सल्यक्रिया गर्दा घाउ सानो हुने दुखाई कम हुनुको साथै एन्टिबायोटिक र अन्य औषधि समेत कम लाग्छ । ल्याप्रोस्कोपी प्रविधिबाट सल्यक्रिया गर्दा अस्पतालमा धेरै बस्नु नपर्ने साथै घाउ पनि कम हुने ब्लुक्रस अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. रंगिना लाइकमबम बताउँछिन् ।

ल्याप्रोस्कोपी सर्जरी ओपन सर्जरी भन्दा किन प्रभावकारी छ र यसको प्रयोग कसरी गरिन्छ भन्ने विषयमा डा. रंगिनासँग गरिएको कुराकानीको अंश ः–

हेरौं भिडियो 

Last modified on 2019-12-26 15:09:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts