जाडोमा कसरी जोगाउने मुटु ? (भिडियोसहित)



Download our app to get more features

विश्वमा मृत्युको मुख्य कारणमध्ये हृदयघात अग्रस्थानमा रहेको छ । हृदयघात जसलाई जति बेला पनि हुनसक्छ । यद्यपि, यसको बढी जोखिम भने मुटु रोग भएकाहरूलाई हुन्छ । जाडोयाममा यसको जोखिम अझै बढ्ने हुनाले विशेष ख्याल गर्नुपर्ने मुटु रोग विशेषज्ञ डा. हरिहर खनालको भनाइ छ । 

मुटुरोग लाग्नुका विभिन्न कारण छन् । जसमध्ये अस्वस्थ्यकर खानपान, अव्यवस्थित जीवनशैली र तनाव पनि प्रमुख हुन् । मुटु रोगी बढ्दै जानुमा यी कारण पनि मुख्य हुन् । अझ तनाव कम गर्ने वहानामा मद्यपान, ध्रुमपान, निद्रा लाग्ने औषधि सेवन गर्ने पनि धेरै छन् । यो झन घातक हुन्छ । यसले मुटुलाई प्रत्यक्ष असर गर्छ । मुटु रोगको जोखिम कम गर्न सबैभन्दा पहिले आफ्नो स्वास्थ्यप्रति सर्तकता अपनाउनु पर्ने डा. खनाल बताउँछन्

जोडोयाम रक्तचाप बढ्ने हुँदा नियमित जस्तो चिकित्सकबाट परीक्षण गराउन उनको सुभmाव छ । उच्च रक्तचाप, कोलेस्ट्रोलले पनि मुटुमा असर गर्ने भएकाले यसलाई नियन्त्रण गर्नुपर्ने उनी बताउँछन् । जाडोयाममा मानिस बढी अल्छी हुने, खानेकुरामा ध्यान नदिने, चिसोको डरले नियमित शारीरिक व्याम नगर्ने गर्दा पनि मुटुमा समस्या देखा पर्न सक्छ । स्वास्थ्यका बारेमा लापरवाहि नगर्न उनको सुझाव छ । 

मुटुका रोगीलाई मात्रै होइन स्वस्थ व्यक्तिलाई पनि जाडोमा मुटुको समस्या आउन नदिन वा कसरी मुटु जोगाउने भन्नेबारे डा. खनालले यस्तो सुझाव दिएका छन् ।
 

हेरौं भिडियो ः 

Last modified on 2019-12-26 15:07:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts