अपाङ्गता रोकथाम तथा पूर्नस्थापनाका लागि गर्भवति र दम्पत्तिलाई शुभकामना कार्ड



Download our app to get more features

इटहरी, १४ पुष । इटहरी उपमहानगरमालिकाले पहिलो पटक गर्भ जाँच गराउन आउने प्रत्येक महिलालाई शुभकामना तथा बधाई कार्ड दिने भएको छ । 

'तपाईं गर्भवती हुनुभएकोमा बधाई तथा शुभकामना छ' लेखिएको कार्ड दिने तयारी  भएको उपमहानगरपालिकाले जनाएको छ । 

कार्डको पछाडी पट्टि गर्भवति अवस्थामा के के गर्नुपर्छ र के के सावधानी अपनाउनुपर्छ भन्ने जानकारी उल्लेख गरिएको हुनेछ । यसैगरि विवाह दर्ता गर्न आउने प्रत्येक दम्पतिलाई समेत दाम्पत्य जीवनको शुभकामना उल्लेखित कार्ड दिइने छ । 

कार्डको पछाडी भने सन्तानको चाहना राख्दा अपनाउनुपर्ने सावधानी र अपाङ्गताहुन नदिन के गर्नुपर्छ भन्ने जानकारी  लेखिएको हुने छ । इटहरीमा माघ १ गते देखि सुरु हुन लागेको तीन वर्षे अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्तर्गत कार्ड दिइने भएको हो । यो कार्यक्रम अन्र्तगत इटहरीका सवै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक एक वटा मोबाइल प्रदान गरिने छ । 

उनीहरुले प्रत्येक गर्भवतिको अनलाइन दर्ता गराउने छन । सिस्टमलेनै गर्भ जाँच गराउने जानकारी दिने छ र महिला स्वयंसेविकाहरुले जाँच गराउन उत्प्रेरित गर्ने छन । गर्भअवस्थादेखिनै अपाङ्गताहुन रोक्न यस्तो अभियान सुरु गरिएको हो ।सुत्केरी पछि ५४ घण्टा,तीन दिन र सात दिन भित्र सुत्केरी महिलाको वोक्न मिल्ने अल्ट्रासाउण्ड मेसिन सहितका सहजकर्ताहरुले घरमै पुगेर स्वास्थ्य जाँच गर्ने छन ।सामाजिक विकास मन्त्रालय,इटहरी उपमहानगर र करुण फाउण्डेसनको त्रिपक्षीय लगानीमा सो कार्यक्रम सञ्चालन हुने छ ।

कार्यक्रम अन्र्तगत अपाङ्गता हुनै नदिन रोकथामका कार्यक्रम, अपाङ्गता भएकाहरुलाई पूर्नस्थापना र सहयोग तथा क्षमता अभिवृद्धि गरि आत्मनिर्भर वनाउने कार्यक्रमहरु संचालन गरिने छ । आइतबार इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र करुणा फाउण्डेसनका सहनिर्देशक योगेन्द्र गिरीले चार करोड ३६ लाख १४ हजार ७० रुपियाँको सम्झौता पत्रमा हस्ताक्षर गरे । 

करुणा फाउण्डेसनका वरिष्ठ कार्यक्रम ब्यवस्थापक कमल कोइरालाका अनुसार इटहरीका सवै अपाङ्गताभएकाहरुले तथ्यांक संकलन गरि प्रोफाइल तयार गरिने छ । उनीहरु के चाहन्छन लक्ष्य निर्धारण गरि सोही अनुरुपको क्षमता अभिवृद्धिका तालिमहरु सञ्चालन गरिने छ । 

सबै टोलमा अपाङ्गताभएकाहरुको समूह,वडा र पालिका स्तरीय समिति गठन गरिने छ । समिति मार्फत क्षमता गरि विभिन्न संघ सस्था, सहकारीको नेतृत्वमा पुग्न अभिप्रेरित गरिने छ ।

Last modified on 2019-12-31 13:14:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts