हाइड्रोसिलका बिरामीलाई सुवर्ण मौका

सरकारले निशुल्क उपचार गरिदिने



Download our app to get more features

सरकारले हाइड्रोसिलि बाट पीडित पुरुषहरुको लागी निशुल्क अपे्रसन गर्ने तयारी थालेको छ । 
हात्तिपाईले रोग निर्मुल पार्ने उदेश्यले थालीएको अभियान गतबर्षबाट कपिलवस्तु, बर्दिया र कैलालीमा नमुनाको रुपमा सुरु गरीएको थियो । कार्यक्रमलाई निरन्तरता दिँदै यसवर्ष भने ११ हजारभन्दा बढिको निशुल्क अपे्रसन गर्ने तयारी थालेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले जानकारी दिनुभयो ।  

 

महाशाखाले गत वर्षमा हात्तिपाइले रोगबाट बढि प्रभावित भएका उच्च हिमाली क्षेत्रका बाहेक अन्य ६३ जिल्लामा यो अभियान सुरु गर्न लागेको हो । मरासीनीका अनुसार यस अभियानका लागी जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रिय अस्पताल, मेडिकल कलेजहरु तथा मिसन अस्पतालहरुलाई छनौट गरिएको छ । शल्यक्रियाका गर्नका लागि रिफरल हस्पिटलका रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तोकिएको छ ।  हात्तिपाइले रोग देखिनुको मुख्यकारण मध्ये हाईड्रोसिल पनि भएकाले यसलाइ न्यूनिकरण गर्न  यो अभियान बृहत रुपमा सञ्चालन गरिने महाशाखाको दावी छ । 
 

Last modified on 2016-03-13 21:32:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts