पिसाब संक्रमण पुरुषभन्दा महिलामा बढी !



Download our app to get more features

पिसाब पोल्ने कारण

१. गर्मी होस् या जाडो, हरेक मौसममा मानिसको पिसाब पोल्ने समस्या देखापर्न सक्छ । पिसावमा एसिडको मात्रा बढी भएको अवस्थामा पिसाब पोल्ने गर्छ ।

२. पिसाब पोल्नुको अर्को पक्ष भनेको मानिसको स्वास्थ्यमा विभिन्न संक्रमण छ भन्ने पनि हो । यस्तो अवस्थामा पिसाब पोल्ने समस्या हुन्छ । 

३. स्वास्थ्यमा भएको ब्याक्टेरियल संक्रमणले बढी मानिसमा पिसाब पोल्ने गरेको देखिन्छ । मानिसमा भएको इन्जिनको सिस्टम कम भएमा पिसाब पोल्ने गर्छ ।

पिसाब पोल्नुको खतरा

१. पिसाब पोल्नु जटिल रोग नभनिए पनि सामान्य रुपमा लिनु हुँदैन । कहिलेकाँही लामो समयसम्म पोलिरहेमा भने अन्य रोगको लक्षण पनि हुन सक्छ । 

२. पिसाब पोल्ने समस्या बढ्दै गएर कतिपय अवस्थामा मिर्गौलासम्म पनि पुग्न सक्छ ।

३. मानिसले पानीको प्रयोग कम गर्नु, पसिना धेरै बगाउने तर शरीरलाई चाहिने मात्रामा पानी नपिउने बानीले पिसाबको समस्या देखिन सक्छ ।

४. जाडो छ भनेर पानी धेरै नखाने बानी धेरैमा छ । जति नै जाडो÷गर्मी भएपनि एउटा मानिसले दिनमा दुई लिटर पानी खानै पर्छ ।

५. पिसाब आउन खोज्ने तर नआउने, आएपनि जति मात्रामा आउनुपर्ने हो, नआउने समस्या हुन्छ । यसले दैनिक जीवनमा समेत असर पारेको हुन्छ ।

पिसाब पोल्नु अरु रोगको लक्षण

१. पिसाब पोल्नु विभिन्न रोगको लक्षण हुन सक्छ । पिसाबनली, पिसाबथैली पिसाब फेर्ने नसामा संक्रमण हुँदा पनि यस्तो समस्या हुन्छ ।

२. पिसाब पोलिरहेको अवस्थामा चिकित्सकँहा गएर स्वास्थ्य परीक्षण गराई औषधि चलाउनुपर्ने हुन्छ । एन्टिवायोटिक औषधि चलाउनुपर्ने हुँदा यस्तो बिरामीले एक हप्ता आराम गर्नुपर्छ ।

३. पिसाब एक दिनभन्दा बढी पोलिरह्यो र पानीको मात्रा धेरै बढाउँदा पनि समस्या समाधान नभएमा पिसाबनली वा कुनै अंगमा संक्रमण भएको हुन सक्छ ।

पिसाब पोल्न नदिन के गर्ने ?े

१. विभिन्न खानेकुराको प्रयोग गर्दा केही मात्रामा पानीको प्रयोग पनि हुन्छ । तर, त्यसले मात्रै स्वास्थ्यलाई फाइदा पु¥याउदैन । जसले गर्दा पिसाब पोल्न थाल्छ । स्वस्थ रहन दिनमा कम्तीमा दुई लिटर पानी पिउनुपर्छ ।

२. पानीको कमीले शरीरका अन्य अंगमा पनि समस्या पर्न सक्छ । पिसाब पोलिरहने व्यक्तिले बेलाबेलामा चिकित्सकको परामर्श लिनुपर्छ ।

३. पिसाब पोल्ने समस्यालाई सामान्य रुपमा लिँदा ठूलै दुर्घटना निम्त्याउन सक्छ । समयमै स्वास्थ्य परीक्षण गराउने बानीको विकास गर्नुपर्छ । 

पिसाब छिनछिनमा लाग्ने तर नपोल्ने समस्या

१. कतिपय मानिसलाई पिसाब छिनछिनमा लाग्ने तर नपोल्ने समस्या पनि देखिएको छ । चिनी रोगका कारणले यस्तो हुन सक्छ ।

२. यस्ता विरामीलाई दिउँसोभन्दा रातिको समयमा बढी नै सताउने गर्छ । तर, पिसाब पोल्दैन ।

३. व्याक्टेरियल संक्रमण पिसाब पोल्ने मानिसलाई मात्रै हुन्छ भन्ने छैन् । अस्वस्थ खानपिन, पिसाबनलीले राम्रो काम नगर्नु, धेरै काम गर्नु पनि पिसाब पोल्ने कारण हुन्छ ।

महिलामा बढी समस्या 

पिसाब पोल्ने समस्या पुरुषमा भन्दा महिलामा बढी हुने गर्छ । महिलामा पाठेघरको संक्रमण हुन सक्ने भएकाले पनि बढी जोखिम ठानिन्छ ।

त्यस्तै, महिलामा पाठेघरबाट पिसाबमा रोग सर्न सक्ने सम्भावना पुरुषमा भन्दा बढी हुन्छ ।

सेतो पानी बग्ने समस्या हुने महिलामा पिसाबको समस्या हुँदा पाठेघरको पनि परीक्षण गराउनुपर्छ । स्वास्थ्यमा संक्रमण भएसँगै महिलामा भने पिसाब पोल्न थाल्छ ।

पुरुषको पिसाबनली सामान्यतया १६ सेन्टिमिटर हुन्छ, तर महिलाको ४ सेन्टिमिटरको मात्र हुन्छ । जसले संक्रमण दर महिलामा बढी हुने गरेको पाईन्छ ।

Last modified on 2020-01-13 12:15:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts