पक्षघात पहिचान गर्न डा. सिहंको ‘बिइ फास्ट’ फर्मुला (भिडियोसहित) 

What's This?


Download our app to get more features

टाउकोमा रक्तनलीको प्रवाह थुनिएको वा रक्तनली फुटेर रगत बगेको अवस्थामा पक्षघात हुन्छ । यो एक्कासी हुने कुरा हो । पक्षघातबारे जनमानसमा त्यति सकारात्मक सोच छैन । यो हृदयघात जस्तैं हो । यसलाई मष्तिस्कघात भनेर बुझँे पनि हुन्छ । यसको उपचार जटिल छ तर कतिपय अवस्थामा पक्षघातका बिरामीलाई पुर्ण निको पार्न सकिन्छ । 

लक्षणहरू
वयोदा अस्पतालमा कार्यरत डा. समर्थ सिंहका अनुसार पक्षघातका लक्षणलाई ‘बिइ फास्ट’ भनेर सम्झन सकिन्छ । डा. सिंहका अनुसार पक्षघातका लक्षण देखिनासाथ ४ देखि ६ घण्टाभित्र न्युरो विशेषज्ञमार्फत उपचार गराउनु पर्छ । पक्षघात भएको थाहा पाउन यो ‘बिइ फास्ट’ भन्ने कुरा सम्झन जरुरी रहेको उनको भनाइ छ । यहाँ ‘बि’ भन्नाले ब्यालेन्स, ‘इ’ भन्नाले आँखामा समस्या भन्न खोजिएको हो ।  यस्तैगरी फास्टको ‘एफ’ले मुख टेडो हुने, ‘ए’ भनेको हात वा खुट्टा कमजोर हुने, ‘एस’ भनेको बोल्न गाह्रो हुने वा बोली लरर्बराउनु भन्नखोजिएको हो । 

पक्षघातको लक्षणलाई नेपालीमा मुहार भनेर सम्झन पनि डा. सिंहको आग्रह छ । मुहारको मु भन्नाले मुहार बांगो हुँदा, हा भन्नाले हात खुट्टा नचल्दा र बोली लट्पटिने जस्ता समस्या भए छिटै चिकित्सक कहाँ जानुपर्ने डा. सिंह बताउँछन् । 

पक्षघात दुई प्रकारका हुन्छन् । एउटा रक्तनली थुनिएर र अर्को रक्तनली फुटेर । पक्षघातका बिरामी मध्ये ८० रक्तनली थुनिएर हुन्छन् । बाँकी २० प्रतिशत भने रक्तनली फुटेर हुने गरेको डा. सिंह बताउँछन् । तर नेपालमा भने फुटेर जानेको संख्या ३० देखि ४० प्रतिशत रहेको उनको भनाइ छ । यस्तै नेपालमा रक्तनली थुनिएर पक्षघात हुनेको संख्या ६० देखि ७० प्रतिशत रहेको डा. सिहंको भनाई छ । 

पक्षघातका हुने कारण 
पक्षघात ४० वर्ष भन्दामाथि र यसभन्दा तलका मानिसलाई हुने गरेको छ । ४० वर्ष भन्दा माथि उमेरका व्यक्तिलाई हुने पक्षघातलाई स्टोक भनिन्छ । यस उमेरमा पक्षघात हुने कारण डाइबेटिज, ब्लड प्रेसर, मुटुको समस्या, रगतमा बोसोको मात्रा नमिलेर हो । 

यस्तै ४० वर्ष उमेर भन्दा कमको व्यक्तिलाई पक्षघात हुनुको कारण भने  विधि  परीक्षण गरेर मात्रै थाहा पाउन सकिन्छ । वास्तवमा खानपान र जीवनसैली परिर्वतन गर्ने हो भने यस रोगबाट बच्न सकिने डा. सिंहको भनाइ छ । 

पक्षघात के हो, यसको रोकथाम कसरी गर्ने र उपचार के के छन् भन्ने विषयमा डा. सिंहले दिएको भिडियो सन्देश यस्तो छ । 
 

हेरांै भिडियो 

Last modified on 2020-01-06 11:07:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts