लहानको सप्तऋषि अस्पतालमा एकै पटक ३ शिशुको मृत्यु प्रकरणमा छानबिन सुरु



Download our app to get more features

सिरहा, २१ पुष । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा एकै पटक ३ जना शिशुको मृत्यु भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

शल्यक्रियामा संलग्न डाक्टरको लापरबाहीका कारण शिशुको मृत्यु भएको भन्दै पीडित पक्षले आइतबार साँझ प्रहरीमा जाहेरी दिएपछि प्रहरीले छानबिन सुरु गरेको हो ।

शिशुको मृत्युपछि पीडितका आफन्तले डाक्टरलाई कारबाही गर्न माग गर्दै घटनाबारे प्रहरीलाई शनिबारै जानकारी गराएपनि जाहेरी भने आइतबार साँझा मात्रै दिएको प्रमुख जिल्ला अधिकारी गोपाल बहादुर अधिकारीले हाम्रो डाक्टरलाई बताए । 

उनले घटनाको प्रकृत्तिबारे आशंका लागेका कारण छानबिन सुरु भएको भन्दै मृत्यु के कति कारणले भएको हो भन्ने बारे अहिले थाहा नभएको बताए । एकपछि अर्को गर्दै बच्चको मृत्युभएपछि परिवारहरु मिलेर संगठित भएर जाहेरी दिएपछि आजबाट मात्रै अनुसन्धान सुरु भएको उनले प्रतिक्रिया दिए ।

शुक्रबार साँझदेखि सुत्केरी व्यथाले च्यापेपछि सप्तरीको बलानबिहुल गाउँपालिका–३ दुधौलाका संगीता साह, सिरहाको औरही गाउँपालिका–१ दरहियाकी प्रमिला यादव र सखुवा नन्कारकट्टी गाउँपालिका–३ दिनाजपुरकी जानकी यादव सुत्केरी हुन सप्तऋषि अस्पताल पुगेका थिए । 

शनिबार बिहानसम्म तीनै जनाको पालैपालो शल्यक्रिया गरेर बच्चा जन्माएपनि तीन जनाकै बच्चाको मृत्यु भएको थियो । अस्पताल प्रशासनले भने अस्पताल पुुगेका तीनै जनाको बच्चा गर्भमै मृत्यु भएको दावी गरेको छ ।

डाक्टर रञ्जिता जयसवालले शल्यक्रिया गरेको अस्पतालका प्रमुख डाक्टर पशुपति चौधरीले बताए । उपचारका क्रममा डाक्टरको लापरबाही नदेखिएको उनको दावी छ । 

‘बच्चा र सुत्केरी दुवैको अवस्था खराब देखिँदा आमालाई बचाएको अस्पतालले जानकारी गराएको छ,’ इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी शरत थापाले भने, ‘ छानबिन पश्चात् दोषीमाथि कारबाही गरिने छ ।

Last modified on 2020-01-13 12:21:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts