चिकित्सक संघमा एकल उम्मेदवारी दिएका पाण्डे भन्छन्ः पेशागत संघमा राजनीतिक ध्रुविकरण रोक्छु 



Download our app to get more features

काठमाडौं, २२ पुस । नेपाल चिकित्सक संघको आसन्न निर्वाचनका लागि महासचिवमा एकल उम्मेदवारी दिएका चिकित्सक डा. दीपेन्द्र पाण्डेले राजनीतिक सिण्डिकेट तोड्न आफुले उम्मेदवारी दिएको बताएका छन् । 

राजधानीमा मंगलवार पत्रकार सम्मेलन गर्दै डा. पाण्डेले पेशागत संघमा राजनीतिक ध्रुविकरण हावी भएको भन्दै त्यसलाई चिर्न आफ्नो उम्मेदवारी रहेको दावी गरे । साथै, पाण्डेले आगामी चुनावका लागि आफ्ना २५ बुँदे प्रतिवद्धता पत्रपनि सार्वजनिक गरेका छन् ।  जसमा उनले मूलत थ्रीएस अर्थात स्यालरी (तलव), सेक्युरिटी (सुरक्षा) र स्पेशलाइजेशन(विशेषज्ञता) को नारा लिएका छन् । चिकित्सा शिक्षाको शुल्क, अन्य लगानी र पेशाको संवेदनशिलताका आधारमा चिकित्सकको पारिश्रमिक तोकिुनपर्ने पाण्डेको भनाइ छ ।

त्यस्स्तै कलेज अफ फिजिसियन एण्ड सर्जन्स अफ नेपाल नामको अवधारणालाई सम्बोधन हुने गरि चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेको नेशनल बोर्ड अफ मेडिकल स्पेशियालिटिजलाई कार्यान्वयनमा लानेपनि पाण्डेको प्रतिवद्धता पत्रका उल्लेख छ । त्यस्तै अण्डर ग्राजुयट चिकित्सक धेरै रेहको अवस्थामा सरकारी स्वास्थ्य प्रतिष्ठानलाई प्रदेशमा विस्तार गरि आउँदो तीनवर्षभित्र चिकित्सा शिक्षाको स्नातकोत्तर सिट संख्यालाई तीनगुणा बनाउन पहल गर्नेपनि डा. पाण्डेले उद्देश्य लिएका छन् । यी लगात डा. पाण्डेले सम्पूर्ण चिकित्सकको ७५ प्रतिशत चिकित्सकलाई चिकित्सक संघमा समेट्ने, मोबाइल एप मार्फत सहजै संघको सदस्यता दिलाउने, अललाई भोटिंग सफ्टवेयर बनाउने, आवासीय चिकित्सकहरुको वैज्ञानिक ड्युटी आवर्स निर्धारण गर्ने, व्यवसायिक मेडिकल पत्रकारिताको व्यवस्थाका लागि प्रेस काउन्सिल र राज्यसँग पहल गरि दवाव सिर्जना गर्ने, २०७१ सालमा तोकिएको चिकित्सकको अधिकतम परामर्श शुल्क पुनरावलोकन गराउने लगायत प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । 

यस्तो छ डा. पाण्डेको प्रतिवद्धता पत्र 

Last modified on 2020-01-13 12:30:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts