आईओएमले तोक्यो यसवर्षको चिकित्सा शिक्षा शुल्क 



Download our app to get more features

काठमाडौं, २३ पुस । चिकित्सा शास्त्र अध्ययन संस्थानले यस वर्षको चिकित्सा शिक्षाका विभिन्न विधाको स्नातक तहको शुल्क तोकेको छ । 

संस्थानको डीन कार्यालयले तोकेको शुल्क अनुसार यो वर्ष एमबीबीएसको अध्यापनका लागि अधिकतम ४४ लाख ३६ हजार २५ तोकिएको छ । त्यस्तै बीडीएसको २० लाख १९ हजार पाँचसय ८० रुपैयाँ तोकिएको छ । संस्थानले बीपीएच, बीएसस्सी, मेडिकल ल्याव टेक्नोलोजिष्ट, बी फार्मेसी र बीएस्सी एमआईटीको शुल्क ७ लाख २५ हजार ८ सय १८ तोकेको छ । त्यस्तै ब्याचलर इन आयुर्वेदा मेडिसिन एण्ड सर्जरी बीएएमएसको १३ लाख ८८ हजार ८ सय शुल्क तोकिएको छ । त्यस्तै ब्याचलर इन नर्सिंग साइन्स बीएनएसको ५ लाख २५ हजार र बीएस्सी नर्सिंगका लागि अधिकतम शुल्क ७ लाख ८२ हजार तोकिएको संस्थानको डीनको कार्यालयले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts