पिसाब संक्रमणलाई बेवास्ता गरे मिर्गौलामा समस्या (भिडियोसहित)



Download our app to get more features

सेतोपानी बग्ने समस्या धेरै महिलामा हुने गरेको पाइन्छ । निरन्तर सेतोपानी आइरहेनु राम्रो होइन । यसको समयमै उपचार नगरे गम्भीर समस्या निम्त्याउन सक्छ । यसैको कारणले पिसाबमा समेत संक्रमण हुने गरेको पाइन्छ । सयममा पिसाब नर्फेने, शरीरमा पानीको मात्रा कम भएमा पनि पिसाब संक्रमण हुन्छ । पिसाबमा हुने संक्रमण समयमै निदान नगरे यो मुत्रनली हँुदै मिर्गाैलासम्म पुग्ने ओम अस्पताल तथा रिसर्च सेन्टरका गाइनोकोलोजिस्ट डा. रोशन गंगल श्रेष्ठ बताउँछिन् । 

पिसाबको संक्रमण अविवाहित विवाहित सबैलाई हुनसक्छ । विवाहित महिलामा पिसाबको संक्रमण भए श्रीमानश्रीमती दुबैको पिसाब परीक्षण गरेर उपचार गर्नुपर्छ । पिसाबमा संक्रमण कसरी हुन्छ, यसबाट जोगिन के गर्ने भन्ने बारे डा. रोशन गंगल श्रेष्ठले दिएको भिडियो सन्देश यस्तो छ । 

हेरौं भिडियो ः
 

Last modified on 2020-01-13 11:58:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts