पर्यटन वर्षमा सरुवा रोगको जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन चिकित्सकको सुझाव



Download our app to get more features

काठमाडौं,२५ पुष । पर्यटन वर्षको क्रममा सरुवा रोग नेपाल भित्रिने सम्भावना उच्च रहेकाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

सरकारले पर्यटन वर्ष मनाउने घोषणा गरेसँगै नेपालमा विभिन्न देशबाट पर्यटन आउने हुँदा सरुवा रोगका बिरामी पनि नेपाल भित्रिने सम्भावना रहेको चिकित्सकहरुले बताए छन् । डा.अनुप बास्तोलाका अनुसार विशेष गरि इन्फ्लुएन्जा, कोल्ड फिभर, एलो फिभर जस्ता सरुवा रोग नेपाल भित्रिने सम्भावना उच्च रहेको बताए ।

हाम्रो डाक्टरसँगको कुराकानीमा उनले विशेषगरि अफ्रिकी मुलुक, चीन, भारत, श्रीलंका सहितका मुलुकबाट पर्यटन नेपाल आउने हुँदा उक्त मुलुकमा रहेका विभिन्न सरुवारोग नेपाल भित्रिने हुनाले सरकारले नै एयरपोर्टमा स्वास्थ्य जाँच युनिटको व्यवस्था मिलाउनु आवश्यक रहेको बताए । उनले भने, ‘अफ्रिकी मुलुक, चीन, श्रीलंका लगायतका मुलुकमा विशेषगरी इन्फ्लुएन्जा, एलो फिभर, इबोला लगायतका रोगका कारण नागरिक बढी प्रभावित हुने भएकाले त्यहाँको नागरिक नेपाल आउने हुँदा ती रोग नेपाल भित्रिने सम्भावना उच्च हुन्छ ।’ पर्यटकहरुमा कुन कुन रोगको संक्रमण छ भन्ने कुराको जानकारी नेपालीलाई र सरकारलाई थाहा नहुँदा सरकारले विशेष सावधानी अपनाउनुपर्ने डा.बास्तोलाको भनाइ छ ।

उनले पर्यटकलाई घुमाउन जाने गाईडहरुले विषेश सावधानी अपनाउनुपर्ने र पर्यटकहरु नेपाल यौनका लागि नेपाल आउने हुँदा यौन रोगको जोखिमबाट जोगिनपनि विशेष सावधानी अपनाउन सुझाव दिए । डा.बास्तोलाका अनुसार पर्यटन वर्षले नेपालको आर्थिक समृद्धि भएपनि पर्यटक नेपाल आएसँगै त्यसबाट भित्रिने विभिन्न रोगबाट कसरी सावधानी अपनाउन सकिन्छ भन्नेमा सरकार मात्रै नभई नागरिक र पर्यटक गाईडले पनि विषेश सावधानी अपनाउनु पर्नेछ । डा.बास्तोलाले पर्यटकलाई स्वागत गर्दापनि सिँधै हात मिलाउनु, खोक्दा वा हाछ्यूँ गर्दा एक अर्काले सँधै मास्कको प्रयोग गर्ने जस्ता कुरामापनि सावधानी अपनाउनुपर्ने हुन्छ ।

Last modified on 2020-01-13 12:00:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts