१० वर्षअघि नै पहिचान गर्न सकिन्छ पाठेघरको मुखको क्यान्सर (भिडियोसहित)

What's This?


Download our app to get more features

महिलामा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर विश्वमा चौथो नम्बरमा छ । तर, नेपालमा भने यो एक नम्बरमा छ । नेपालमा यो क्यान्सर पहिलो नम्बरमा देखिनुको मुख्य कारण डक्टरसँग नियमित परामर्श नहुनु बताउँछिन् नेपाल क्यान्सर अस्पताल रिसर्च सेन्टरकी गाइनो अंकोलोजिष्ट डा. अनु बज्रचार्य । क्यान्सर रोगले सुरुमा धेरै गाह्रो नहुने हुँदा पनि मानिसहरू समयमै उपचार वा परीक्षणका लागि अस्पताल आइ नपुग्ने उनको भनाइ छ । 

पाठेघरको मुखको क्यान्सरमा विभिन्न लक्षणहरू देखा पर्ने गर्छन् । डा. बज्रचार्यका अनुसार नियमित महिनावारीमा गडबड हुनु, योनीबाट फोहोर पानी आउनु, शारीरिक सम्पर्कपछि रगत देखा पर्नु, वोन्डमा पनि समस्या हुनु यसको प्रमुख लक्षण हुन् । 

यो भाइरसका कारण हुने रोग हो । रोग प्रतिरोधात्मक क्षमता बढी भएमा यो आफै निको पनि हुन्छ । यो क्यान्सर हुनुभन्दा १० वर्ष पहिले नै रोग हुने÷नहुने भनेर थाहा पाउन सकिन्छ । रोगको स्क्रिनिङबाट नै समाधान गर्न सकिन्छ । तर नेपालका महिला नियमित स्क्रिनिङमा जाने गर्दैनन् । पाठेघरको मुखको क्यान्सर वंशाणुगतबाट हुने सम्भावना न्यून हुन्छ । त्यसैले विवाहिता महिलाले पाठेघरको क्यान्सरको परीक्षण नियमित गराउन डा. बज्रचार्यको सुझाव छ । 

कस्ता महिलालाई जोखिम
पाठेघरको मुखको क्यान्सर यस्ता व्यक्तिलाई हुन्छ र यस्तालाई हँुदैन् भनी एकिन गर्न सकिदैन् । तर डा. बज्रचार्यका अनुसार धेरै धु्रमपान गर्ने महिलामा यसको जोखिम बढी हुन्छ । यस्तै गरी कम उमेरमा विवाह गर्ने महिला, धेरै सन्तान जन्माउने महिलामा, धेरैसँग शारीरिक सम्बन्ध राख्ने महिला र रोग प्रति रोधात्मक क्षमता कम भएका महिलामा पनि पाठेघरको क्यान्सरको जोखिम उच्च देखिएको छ । 

कसरी हुन्छ उपचार 
पाठेघरको मुखको क्यान्सर प्रायः सर्जरीबाटै उपचार गरिन्छ । अलि रोग बढिसकेको अवस्थामा भने रेडियोथेरापी वा किमोथेरापीबाट पनि उपचार गरिने डा बज्रचार्य बताउँछिन् । 

भिडियो

Last modified on 2020-01-13 12:05:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts