जिका भाइरसबारे थाहा पाउन एप डाउनलोड गर्नुहोस् 

What's This?


Download our app to get more features

फागुन ३०, काठमाण्डौं ।संसारभरी महामारीको रुप लिइरहेको जिका भाइरसवारे जानकारी दिन ३ दर्जनभन्दा वढि मोबाइल एप्लिकेशन बनेको छ ।
विश्व स्वास्थ्य संगठनले जिका भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा गरेपछि विभिन्न सफ्टवेयर कम्पनीहरुले जिका भाइरसवारे जानकारी दिन विभिन्न मोबाइल एप्लिकेशन बनाएका हुन् । 
एप्लिकेशन एण्ड्रोइड र आई.ओ.एस. दुबै भर्सनमा उपलब्ध छ । एन्टी जिका, जिका भाइरस न्यूज प्लस इन्फर्मेसन, जिका भाइरस डेन्जर, जिका भाइरस न्यूज, जिका भाइरस ट्रिटमेन्ट लगायत एप हरु प्लेस्टोरस्टोरमा उपलब्ध छ । 
एप्लिकेशन मार्फत जिका भाइरसबारे समाचार तथा नयाँ सूचनाको साथै स्वत अपडेट हुने जि.पि.एस मार्फत संसारभरीबाट सक्रमण भएको ठाँउवारे एकिन जानकारी पाइने छ । आफ्नो वरीपरी रहेको शंकास्पद संक्रमणका विरामी, रोग सार्ने लामखुटट्े आदिको फोटो खिचेर अपलोड गरी ब्राजिलमा रहेका स्वास्थ्य संस्थाका विशेषशज्ञहरुवाट आवश्यक सल्लाह लिन सकिने छ ।
विश्व स्वास्थ्य संगठनलले संसारभरबाट जिका भाइरसवारे एकिन तथ्यांक संकलन गरी विश्व समुदायलाई उपलब्ध गराउन प्राविधिकहरुलाई आव्हान गरिएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts