घामको किरण शरीरमा परेपछि यसरी बन्छ 'भिटामिन डी'



Download our app to get more features

जाडो मौसममा पहारिलो घाम ताप्न हामी सबै लालायित हुने गर्छौं । यस्तो घाम ताप्नाले हामीलाई न्यानो मात्र दिँदैन, स्वास्थ्यको दृष्टिकोणले समेत यो निकै लाभदायक छ । घाम ताप्नाले स्वास्थ्यमा गर्ने विभिन्न फाइदाहरु यहाँ बयान गरिएको छ ।

“भिटामिन डी” बन्ने प्रक्रियाः
सूर्यको प्रकाशमा रहेको अल्ट्राभाइलेट किरणले हाम्रो छालामार्फत भिटामिन डी बन्ने प्रक्रियामा सहयोग गर्छ । भिटामिन डीले हाम्रो शरीरको हड्डीको वृद्दी विकासमा सहयोग गर्छ । बालवालिकाहरुको शारीरिक विकासमा यसको ठूलो भूमिका रहेको हुन्छ । साथै भिटामिन डी ले स्तन, ठूलो आन्द्रा आदिको क्यान्सरबाट समेत जोगाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

बिहान वा मध्य दिनको घाममा केवल १० देखि १५ मिनट विताउनाले हाम्रो शरीरलाई चाहिने मात्रामा भिटामिन डी बनाउन सक्छ ।

मानसिक स्वास्थ्यमा फाइदाः

विभिन्न अध्ययनहरुको अनुसार पहारिलो घाममा बस्नाले हाम्रो दिमागमा “सेरोटोनिन” भन्ने एक पदार्थ बढी मात्रामा बन्ने गर्दछ । यसले मानिसहरुमा देखा पर्ने विभिन्न मानसिक समस्याहरुलाई केहि हदसम्म भएपनि समाधान गर्नुका साथै उदासिपनाबाट पनि बच्न सहयोग पुराउँछ ।

उच्च रक्तचाप भएकाहरुमा फाइदाः

घाम ताप्नाले हाम्रो शरीरमा “नाइट्रिक अक्साइड” भन्ने एक तत्वको उत्पादन बढ्ने र यसले रक्तनलीहरुलाई फुलाउने कारणले रक्तचापमा समेत कमी ल्याउने अध्ययनहरुले देखाएका छन् । त्यसैले उच्च रक्तचाप तथा मुटुका रोगीहरुले पहारिलो घाममा केहि समय बिताउँदा स्वास्थ्यको आगी लाभादायिक हुन जान्छ ।

छालाका रोगहरुको समाधानः

“सोरोयासिस”, “एक्जेमा” तथा छालाका केहि संक्रमणहरुको उपचारमा पनि घामको किरण लाभदायक हुने गर्दछ ।

लामो समय घाममा बस्नुको वेफाइदाः केहि समय घाममा बस्दा स्वाथ्यको दृष्टिले फाइदा भए पनि लामो समयसम्म चर्को घाममा बस्नाले भने हाम्रो स्वास्थ्यलाई नकारात्मक असर गर्न सक्छ ।

त्यसैले यसको दुवै पक्षबारे जानकारी राख्नु जरुरी छ । लामो समय घाममा बस्नाले घामको किरणमा हुने अल्ट्राभाइलेट किरणले छालाको क्यान्सर गराउन सक्छ । साथै केहि छालाका रोगहरु भएका बिरामीहरुलाई घामको किरणले रोगलाई थप बल्झाउन सक्छ ।

“डर्माटाइटिस”, “पोर्फाइरिया”, “लुपस” आदि छालाका रोगहरु भएका विरामीहरुको समस्या लामो समय घाममा बस्दा थप विग्रन सक्छ । त्यसैले लामो समय घाममा हिड्नपर्नेछ वा घाममा बसेर काम गर्नुपर्नेछ भने घामको विकिरणबाट बचाउने क्रिमहरु प्रयोग गरेर यो समस्याबाट बच्न सकिन्छ ।

Last modified on 2020-01-19 11:41:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts