वाथ रोगीले जाडोमा यसरी गरौं स्वास्थ्यको ख्याल (भिडियोसहित)

What's This?


Download our app to get more features

गर्मीयाममा भन्दा जाडोयाममा वाथ रोगका बिरामीलाई गाह्रो हुने गर्छ । जाडोयाममा वाथ रोगले बढी नै च्याप्ने गर्छ । यो बेला चिसोकै कारण हातका औलाहरू पनि निलो हुने गर्छ । तात्दै जाँदा बिस्तारै सेतो र रातो हुने गर्छ । जाडोयाममा शरीरका अन्य जोर्नी वा औलाहरू निलो भएमा चिकित्सकसँग परापर्श लिनुपर्छ । हड्डी खिइने वाथ हुनेहरूले पनि जाडोयाममा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने गोसाइकुण्ड वाथ रोग सेन्टरमा कार्यरत वाथ रोग विशेषज्ञ डा. दीपा शाह बताउँछिन् । शरीरलाई न्यानो वा तातो पारेर बस्नाले जाडोमा देखा पर्ने वाथका समस्याबाट छुट्कारा मिल्छ । 

साथै वाथ रोगीले खानेकुरामा पनि विशेष ध्यान दिनुपर्छ । प्रर्याप्त मात्रामा पानी पिउन भुल्नु हुँदैन । चिसोका कारण पानी धेरै नखाने प्रवृत्ति त्याग्नुपर्छ । चिसो वा तातो जस्तो भए पनि प्रशस्त मात्रामा पानी खानुपर्छ । जाडोयाममा झोलिलो खानेकुरा बढी खाँदा पनि वाथ रोग नियन्त्रणमा सहज हुन्छ । वाथ रोग जुनसुकै उमेर समूहका मानिसलाई  सक्छ । जतिजाडो वाथ रोगको उपचार गर्यो त्यति नै छिटो निको हुने गर्छ । वाथ रोग पूर्ण रुपमा निको पार्न सकिन्छ तर यसका लागि बिरामी समयमै अस्पतालमा आउनुपर्छ । 

जाडोयाममा वाथ रोगीले कसरी स्वास्थ्यको ख्याल गर्ने भन्ने बारे डा. शाहले दिएको भिडियो सन्देश यस्तो छ ः–
 

हेरौं भिडियो 

Last modified on 2020-01-15 13:08:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts