पोखरामा प्रदेशस्तरीय रेडियोलोजिकल भेला सम्पन्न



Download our app to get more features

पोखरा, २८ पुस । नेपाल रेडियोलोजिकल सोसाइटी गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा गण्डकी प्रदेशस्तरीय रेडियोलोजिकल भेला एवं वनभोज आयोजना भएको छ।

पोखराको कार्कीडाँडामा सम्पन्न भएको सो कार्यक्रममा पोखरा लगायत गण्डकी प्रदेशका जिल्लाहरुमा कार्यरत ८० भन्दा बढी रेडियोलोजी स्वास्थ्यकर्मीहरु, जिल्ला प्रतिनिधिहरु एवं रेडियोग्राफ्री विद्यार्थीको सहभागिता थियो। भेलाले सोसाइटीको गण्डकी प्रदेश कार्यसमितिलाई पुर्नगठन गरि सोसाइटीको गण्डकी प्रदेश समितीका निवर्तमान अध्यक्ष उदयकान्त तिवारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको छ। पुर्नगठित कार्यसमितिको उपाध्यक्षमा सुष्मा सिंह, सचिवमा विमल क्षेत्री, सह(सचिवमा कृष्ण केसी र कोषाध्यक्षमा ईश्वरी क्षेत्री निर्वाचित भएका छ्न।

सोसाइटीका गण्डकी प्रदेश समिती अध्यक्ष उदयकान्त तिवारीको अध्यक्षता, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यको प्रमुख आतिथ्यता एवं सोसाइटीका केन्द्रीय कोषाध्यक्ष श्यामसुन्दर पराजुलीको विशेष उपस्थितिमा सम्पन्न सो भेलाको संचालन सोसाइटीका गण्डकी प्रदेश सचिव विमल क्षेत्रीले गरेका थिए।

Last modified on 2020-01-13 15:54:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts