एनएमसीले भन्यो: पीडित भएको अनुभुति भए न्यायको बाटो रोज्नुहोस् 



Download our app to get more features

काठमाडौं २९ पुस । नेपाल मेडिकल कलेजले उपचारका क्रममा मृत्यु भएकी सुनिता राईका आफन्तलाई न्यायको बाटो रोज्न सुझाव दिएको छ । भोजपुरकी सुनिता राईको सुत्केरी गराउने क्रममा अचानक स्वास्थ्यमा समस्या देखिई गत २४ पुसमा निधन भएको अस्पताले जनाएको छ ।

अस्पतालकी प्रसुति तथा स्त्री रोग विभाग प्रमुख प्राडा प्रमिला प्रधानका अनुसार डेलिभरीका क्रममा राई छारे रोग जस्तो काम्ने झड्का लागि बेहोस भएकी थिइन् । डा. प्रधानको चिकित्सकहरुको अथक प्रयासपछि पनि सुनितालाई बचाउन नसकिएको दावी गरिन । शिशु भने सामान्य अवस्थामा जन्मिएको थियो । 

सञ्चार माध्यमहरुमा एनएमसीको लापरवाहीले सुत्केरीको भित्री अंगहरु नै निस्किको भन्ने जस्ता आधारहीन आरोप लगाउदै आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पीडितलाई उपचारका क्रममा शंका लागे कानुनी बाटोहरु प्रसस्त रहेको भन्दै कानुनी प्रक्रियामा जान समेत सुझाव दिएको हो  । 
 

Last modified on 2020-01-19 11:44:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts