किन हुन्छ मिर्गाैलामा पत्थरी ? कसरी जोगिने (भिडियोसहित)



Download our app to get more features

पछिल्लो समय नसर्ने रोगका बिरामीहरु बढ्दै गइरहेको चिकित्सकहरु बताउँदै आएका छन् । तीनै नसर्ने रोग मध्ये पर्ने एउटा रोग हो मिर्गाैलाको पत्थरी । मार्क इन्टरनेशनल किड्नी सेन्टरका डा उप्सल बज्रचार्यका अनुसार महिलाको तुलनामा पुरुषमा बढि पथरी हुने गरेको पाइन्छ । 

कुनै पनि मानिसमा पत्थरी हुनुमा विभिन्न कारणहरु रहेका छन् । डा बज्रचार्यका अनुसार उमेर, लिंग, वंशागुगत, वातावरण, पानी , खानेकुरा आदिको कारणले नै मानिसमा पत्थरीको समस्या देखा पर्ने गरेको छ । समग्रमा भन्नुपर्दा व्यवस्थित जिवनशैली साथै सन्तुलित खानेकुराको कमीले गर्दा पनि मिर्गाैलामा पत्थरी देखा पर्ने गर्छ । मिर्गाैलामा पत्थरी भएका आदिभन्दा बढि मानिसलाई आफ्नो शरीरमा पथर छ भन्ने समेत थाहा नहुने गरेको डा बज्रचार्यले बताए ।  कतिपय पत्थरी ठूलो हुदाँसम्म नदुख्ने हुन्छ । त्यसैले कम्तिमा ६ /६ महिनामा यस सम्बन्धि परिक्षण गराउन आवश्यक पर्छ ।

सबै पत्थरीका बिरामीको शल्यक्रिया गर्नुपर्दैन् । शल्यक्रिया त्यो वेला मात्र गर्नुपर्छ जव पिसावमा रगत देखापर्छ , मिर्गाैला सुनिन्न थाल्छ । मिर्गाैला स्वस्थ राख्न दिनको ३ देखि ५ लिटर पानी पिउनुपर्छ । पानीले ५० देखि ६० प्रतिशत मिर्गाैलाको रोग निको पार्छ । साथै साधरण पिसाब पनि ६/६ महिनामा परिक्षण गराउदा उनको सुझाव रहेको छ । 

भिडियो

Last modified on 2020-01-19 11:55:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts