श्वासप्रश्वास सम्बन्धि समस्याबाट कसरी बच्ने ? (भिडियोसहित)



Download our app to get more features

काठममाण्डौं, ९ असार । बढ्दो वातावरण प्रदुषणका कारण पछिल्लो समय मानिसमा विभिन्न खालका श्वासप्रस्वास सम्बन्धि रोग देखा परिरहेको छ । चिकित्सकहरुका अनुसार फोक्सोमा देखा पर्ने सम्पूर्ण रोगलाई नै श्वास प्रस्वासा सम्बन्धि रोग हुन् । 

श्वासप्रस्वास सम्बन्धि रोग जुनसुकै उमेरका मानिसमा देखापर्न सक्ने रोग हो । चिकित्सकिय भाषामा श्वासप्रस्वास सम्बन्धि रोग क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज अर्थात छोटकरीमा सीओपीडी जीर्ण प्रकारको श्वासनली साँगुरिने रोग भनिन्छ ।  

श्वासप्रस्वासमा समस्या भएर देखापर्ने रोग सर्ने र नसर्ने गरी दुई प्रकारका हुन्छन् । छाती रोग विशेषज्ञ डा. शान्तकुमार दासका अनुसार दम, ब्रोङ्काईटिस निमोनिया नसर्ने रोग अन्र्तगत पर्छन् भने सर्ने रोग अन्र्तगत भाइरल फ्लू, रुघाखोकी आदि पर्छन् । 

त्यस्तै अन्य मौसममा पनि भइरहने दमको समस्या भने चिसोपना, धुवाँको कारण श्वासनली खुम्चने श्वास नली सुन्निएर खोकी लागिरने कारण हुन्छ । डा. दासका अनुसार लामो समयसम्म धुँवा, धुलोमा बस्ने मानिसमा यस्ता समस्या देखिन्छन् । त्यस्तै हिमाली तथा पहाडी भेगका महिलाहरु जसले दाउरा बालेर खाना पकाउने काम गर्छन् त्यस्ता मानिस तुलनात्मक रुपमा श्वासप्रश्वास सम्बन्धि रोगको उच्च जोखिममा हुन्छन् । 

श्वास प्रश्वास सम्बन्धि रोग लाग्नुको मुख्य कारण वातावरण प्रदुषण, चुरोट बिडीको अधिकतम सेवन जस्ता मुख्य कारण रहेको छ । साथै बढ्दो सवारी साधनको प्रयोगबाट निस्कने धुवाँ, धुलो तथा भूकम्पपछि भत्केका संरचनाहरुबाट निस्केका धुलोको कणहरु पनि अर्को कारण रहेको विज्ञहरुको भनाई छ । 

यस्ता समस्याबाट बच्न सम्भव भएसम्म धुलो, धुवाँ तथा प्रदुषणबाट टाढै बस्ने उचित हुन्छ । साथै धुँवा, धुलोमा सकभर नहिड्न तथा हिड्नै परेमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ ।

श्वास प्रश्वास सम्बन्धि समस्याका कारण कालन्तरमा फोक्सोमा दीर्घकालीन समस्या समेत देखिने सक्ने हुन्छ यस्ता समस्या देखियमा हेलचेक्र्याई नगरी समयमै उपचार गर्नुपर्ने चिकित्सकहरुको भनाई छ । 

 

Last modified on 2016-06-23 22:09:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts