चितवन मेडिकल कलेजमा माघ महिनाभर निःशुल्क दन्त शिविर



Download our app to get more features

चितवन, १ माघ । भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) ले एक महिने   निःशुल्क दन्त शिविर सुरु गरेको छ ।

बुधबार माघे संक्रान्तीको अवसरमा देवघाटमा वृहत्त दन्त शिविरको आयोजना गरि शिविरको औपचारिक उद्दघाटन गरिएको हो ।

स्थापनाको १३ औं वर्षको अवसरमा अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत एक महिने निःशुल्क दन्त शिविर सञ्चालन गर्न लागिएको कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।

‘माघ महिना मुस्कानको महिना, हाँसौं खुलेर’ भन्ने नारासहित माघ १ गतेबाट सुरु भएको शिविर माघ महिनाभर सञ्चालन हुने कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

विहिबारबाट विहान ८ बजेदेखि ४ बजेसम्म कलेजको दन्त विभाग नै आएर सेवा लिन सकिने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए ।

चितवन मेडिकल कलेजले माघ १६ गते आफ्नो १३  औँ वार्षिकोत्सव मनाउदैं छ ।
 

Last modified on 2020-01-17 15:43:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts