चितवनको एडभान्स अस्पताल अबदेखि देव हस्पिटल प्रालिको रुपमा सञ्चालन हुने



Download our app to get more features

चितवन, २ माघ । मेडिकल हवको रुपमा विकसित चितवनमा नयाँ सुविधा सम्पन्न अस्पताल खुल्ने क्रम जारी छ ।

भरतपुरको चौविसकोठीस्थित अस्पतालरोडमा रहेको एडभान्स सामुदायिक अस्पताल अब नाम परिवर्तन गरि देव हस्पिटल प्रालिको रुपमा सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापनका साथ बुधवारबाट अस्पताल सञ्चालनमा आएको हो ।

नेपाल स्काउट चितवनका जिल्ला आयुक्त एवम् नेपाल स्काउट गाइड फिलोसिपका केन्द्रीय उपाध्यक्ष तीर्थराज न्यौपानेले पूजाआजा गरी विधिवत रूपमा हस्पिटलको शुभारम्भ गरेका हुन् ।

अत्याधुनिक प्रविधिको नयाँ भवन र सुविधा सम्पन्न मेडिकल उपकरण सहित नमुना अस्पतालको रुपमा देव हस्पिटल प्रालि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यवाहक अध्यक्ष प्रविन रानाभाटले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।

आईसियु, सुविधा सम्पन्न क्याविन सहितको विशेषज्ञ सेवा उपलब्ध रहेको सो हस्पिटलमा ल्याप्रोस्कोपिक सर्जरी समेत हुने रानाभाटले बताए । छिट्टै एनआईसियु पनि सञ्चालनमा ल्याइने योजना रहेको उनले जानकारी दिए ।

ईमर्जेन्सी सेवा, बिरामी भर्ना सुविधा र फार्मेसी सेवा सहितको सबै प्रकारका रोगको विशेषज्ञ सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

यस अस्पतालले २०६३ सालदेखि हालसम्म एडभान्स सामुदायिक अस्पतालको रुपमा सेवा सञ्चालन गर्दै आएको थियो ।

Last modified on 2020-01-16 08:13:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts