कार्यालयमा जानकारी नै नगराई ६० दिनसम्म अनुपस्थित भएका कर्मचारीको विवरण माग

कर्मचारी बर्खास्तदेखि लाईसेन्स रद्द गर्नेसम्मको कारबाही गरिने



Download our app to get more features

काठमाडौं, २ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० दिनसम्म कार्यालय अनुपस्थित हुने कर्मचारीको विवरण माग गरेको छ । 

स्वास्थ्य तर्फका कर्मचारीहरु मातहतको कार्यालयलाई जानकारी नै नगराई ६० दिनसम्म कार्यालयमा अनुपस्थित भई हाजिर नै नगरेको पाइएमा ७ दिनभित्र मन्त्रालयमा जानकारी गराउन आग्रह गरेको छ । मन्त्रालयले जारी गरेको सूचना अनुसार आज अन्तिम म्याद हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार आज अन्तिम म्याद भएपनि अर्को सूचना पनि जारी गरिनेछ ।

हाम्रो डाक्टरसँगको कुराकानीमा प्रवक्ता श्रेष्ठले कार्यालयमा बिना कुनै जानकारी अनुपस्थित हुनेलाई ऐन अनुसार कारबाही गरिने बताए ।
 
उनले भने, 'त्यस्ता कर्मचारीलाई बर्खास्त गर्ने, छात्रवृत्तिमा रहेकाहरुको लाइसेन्स रद्द गर्ने लगायतका कारबाही हुन सक्छ । तलब रोक्कादेखि बढुवामापनि रोक लाग्न सक्नेछ ।'

श्रेष्ठले नागरिकको स्वास्थ्यलाई वेवास्ता गर्ने स्वास्थ्यकर्मीलाई ऐन अनुसार कडा भन्दा कडा कारबाही गर्ने मन्त्रालयको तयारी भएकाले आवश्यक विवरण पेश गर्न आग्रह गरिएको बताए । 

मन्त्रालयले सूचना जारी गर्दै यसरी अनुपस्थित भएको कर्मचारीको नाम, थर, कर्मचारी संकेत नम्बर, अनुपस्थित भएको मितिदेखिको विवरण मन्त्रालयमा पेश गर्न भनिएको छ ।

Last modified on 2020-01-19 11:40:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts